सोमबार, असार २९, २०८३

इटाली र बोसनियाको बराबरी, नेरदरल्यान्ड समूहको शीर्ष स्थानमा

नेसन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह चरणको पहिलो खेलमा घरेलु टिम इटालीले बोसनिया एण्ड हर्जगोभिनासँग बराबरी खेलेको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं– नेसन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह चरणको पहिलो खेलमा घरेलु टिम इटालीले बोसनिया एण्ड हर्जगोभिनासँग बराबरी खेलेको छ।

फ्लोरेन्सको स्टेडियो अर्टेमिनो फ्रान्चीमा सम्पन्न खेलमा इटालीले बोसनियासँग १–१ को बराबरी खेलेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि दुवै पक्षले दोस्रो हाफमा गोल गरे। खेलको ५७ औं मिनेटमा सुनजिचको पासमा एडिन जोकोले गोल गर्दै बोसनियालाई सुरुवाती अग्रता दिलाएका थिए।

तर ६७ औं मिनेटमै इटालीका लोरेन्जो इन्सिग्नीको पासमा स्टेफेनो सान्सीले गोल गरेपछि खेल बराबरीमा आयो। सोही बराबरीका साथ खेल सकिएको थियो।

बराबरीसँग दुवै टोलीले १–१ अंक बाँडेका छन्। १–१ अंक बाँडेका दुवै टिम लिग ए अन्तर्गत समूह १ को दोस्रो र तेस्रो स्थानमा छन्। सोही समूहको नेदरल्यान्ड गएरातिको खेलमा पोल्यान्डविरुद्ध जित निकाल्दै शीर्षस्थानमा छ।

घरेलु टिम नेदरल्यान्डले पाहुना टोली पोल्यान्डविरुद्ध १–० गोलअन्तरको संर्घपूर्ण जित निकाल्दै शीर्षस्थानमा ठाउँ बनाएको हो। ३ अंकका साथ नेदरल्यान्ड शीर्षस्थानमा रहँदा पोल्यान्ड अन्तिम स्थानमा छ।

प्रकाशित: Sep 05, 2020| 07:33 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।