बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टी–२० सिरिज पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध इंग्ल्यान्डको जित

टी–२० सिरिज पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध इंग्ल्यान्डको जित

काठमाडौं– इंग्ल्यान्ड–अष्ट्रेलिया टी–२० सिरिजको पहिलो खेलमा आयोजक इंग्ल्यान्डले जित निकालेको छ। साउथह्याम्टनमा सम्पन्न खेलमा इंग्ल्यान्डले २ रनको जित निकालेको हो।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं– इंग्ल्यान्ड–अष्ट्रेलिया टी–२० सिरिजको पहिलो खेलमा आयोजक इंग्ल्यान्डले जित निकालेको छ। साउथह्याम्टनमा सम्पन्न खेलमा इंग्ल्यान्डले २ रनको जित निकालेको हो।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले पहिलो इनिङमा सम्पूर्ण ओभर खेल्दै ७ विकेटको क्षतिमा १६२ रन बनायो। १६३ रनको लक्ष्यका साथ मैदान उत्रिएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रनमा समेटिएपछि खेल आयोजक टोलीको पोल्टामा परेको हो।

विजेता इंग्ल्यान्डका लागि डविड मलनले ६६ रनको योगदान दिए एभने जस बटलरलले ४४ रन बनाए। त्यस्तै क्रिस जोर्डन अविजित रहँदै १४ रन बनाउनुबाहेक अरुले जोर अंकमा रन बनाउन सकेनन्।

अष्ट्रेलियाका एस्टोन गर, केन रिकार्डसन र ग्लेन म्याक्सवेलले समान २–२ विकेट लिए भने एक विकेट लिनेमा पट कमिन्स रहे।

जवाफी ब्याटिङमा आएको अष्ट्रेलियाका ओपनर डेविड वार्नरले ५८ रनको अर्धसतकिय पारी खेले भने कप्तान ओरोन फिन्चले ४६ रनको योगदान दिए। मार्कस स्टोनिसले २३ रन हान्दा स्टिभ स्मिथले १८ रन बनाएर आउट भए।

Laxmi sunrise bank
kumari

इंग्ल्यान्डका आदिल सशिदले २ जनालाई पेवेलियन फर्काए भने जोफ्रा आर्चरले पनि २ विकेट लिए। यता मार्क वुडले १ विकेटमा चित्त बुझाए।

शुक्रबार रातिबाट सुरु भएको तीन शृंखलाको टी–२० को दोस्रो र तेस्रो खेल ६ र ८ सेम्टेम्बरमा हुनेछ। टी–२० पछि यिनै टिमले तीन शृंखलाको एक दिवसीय पनि खेल्नेछ।

प्रकाशित: Sep 05, 2020| 07:08 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।