मंगलबार, असार ३०, २०८३

मुद्दा लड्नु भन्दा बार्सिलोनामै बस्न उचित लाग्यो : मेस्सी

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी एक सिजनका लागि बार्सिलोनामै रहने भएका छन्। उनले आगामी जुनसम्म क्लबमै रहन चाहेको बताएका हुन्।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी एक सिजनका लागि बार्सिलोनामै रहने भएका छन्। उनले आगामी जुनसम्म क्लबमै रहन चाहेको बताएका हुन्।

एक वर्ष सम्झौता बाँकी रहेका अजेन्टिनी फरवार्डले अगस्ट अन्तिममा बार्सिलोनालाई पत्र लेख्दै क्लब छोड्न चाहेको बताएका थिए। यही विषयमा बुधबार मेस्सीका पिता जर्ज मेस्सीले बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बर्टोमाउसँग डेढ घण्टा कुरा गरेका थिए।

क्लबले राख्न चाहे पनि मेस्सीले बस्न नचाहेपछि कुरा मिल्न सकेको थिएन। बर्टोमाउले ७०० मिलियन युरो रिलिज क्लज लिएर मात्र मेस्सीलाई छोड्ने बताएका थिए भने मेस्सीका तर्फबाट उनका पिताले फ्रि ट्रान्सफर माग गरेका थिए।

वार्ता भएकाे दुई दिन नबित्दै मेस्सीले एक सिजन बस्न चाहेको बताएका हुन्।

‘म बार्सिलोनाको विषयलाई लिएर कहिल्यै पनि अदालतमा जान चाहन्नँ किनभने यो त्यस्तो क्लब हो जसलाई म माया गर्छु,’ मेस्सीले भनेका छन्, ‘क्लब छोड्ने त्यो मात्र अन्तिम विकल्प हो भने म बस्न चाहन्छु।’

‘मलाई निश्चिन्त थिएँ कि म सिजन सकिएपछि क्लब छोड्न स्वतन्त्र छु’, उनले भने, ‘अध्यक्षले सधैं भन्ने गर्थे सिजनको अन्तिममा म बस्ने वा नबस्ने निर्णय गर्न सक्नेछु।’

मेस्सीले क्लब नछोड्ने भएपछि उनी बार्सिलोनाको प्रिसिजन प्रशिक्षणमा फर्किने विश्वास गरिएको छ।

अब उनी अर्को वर्षको जुनमा सम्झौता सकिएपछि फ्रि ट्रासन्फरमार्फत अर्को क्लबमा जान सक्नेछन्।
मेस्सीले क्लब नछोड्नुको कारण उनको रिलिज क्लज भएको बताएका छन्।

‘रिलिज क्लज ७०० मिलियन युरो छ जुन कनै क्लबले तिर्न सम्भव छैन,’ उनले भने।

प्रकाशित: Sep 04, 2020| 22:58 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।