शुक्रबार, असार ५, २०८३

तस्बिरमा ललितपुरको कर्फ्यू

त्यसैपनि निषेध आदेश लागू भएका कारण मानिस र सवारीसाधनको चहलपहल थिएन।
 |  शुक्रबार, भदौ १९, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, भदौ १९, २०७७

ललितपुर- जिल्ला प्रशासन कार्यालय ललितपुरले आज शुक्रबार बिहान ४ बजेदेखि भरे राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

National life

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको हो।

ललितपुरमा रिङरोडभित्र कर्फ्यू लागू भएको हो। कर्फ्यूका कारण अत्यावश्यकबाहेक कुनै पनि सवारीसाधन चलेका छैनन्। पसल व्यवसाय ठप्प छन्। मानिसको आवतजावत शून्यजस्तै छ।

त्यसैपनि निषेध आदेश लागू भएका कारण मानिस र सवारीसाधनको चहलपहल थिएन।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेध आदेश जारी भएको अवस्थामा हिजो बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो।

Shivam cement

स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो। निषेध आदेशका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए।

शान्तिसुरक्षा र चमनचयन कायम राख्न कर्फ्यू जारी गरिएको जिप्रकाले जनाएको छ।

प्रकाशित: Sep 04, 2020| 13:29 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।