बिहीबार, भदौ ४, २०८३

८२ वर्षीय आरोहीको यो दुस्साहस...

नेपाल सरकारले आफ्नो राष्ट्र सेवकहरूलाई ५८ वर्षको उमेरमा अवकाश दिने गरेको छ। सरकारको सो अवकाश उमेर हदले ५८ वर्ष पुगेपछि अवकाश दिने उमेर हदले ५८ वर्षपुगेपछि अवकाश जीवन सुरु भयो भन्ने संकेत गर्छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- नेपाल सरकारले आफ्नो राष्ट्र सेवकहरूलाई ५८ वर्षको उमेरमा अवकाश दिने गरेको छ। सरकारको सो अवकाश उमेर हदले ५८ वर्ष पुगेपछि अवकाश दिने उमेर हदले ५८ वर्षपुगेपछि अवकाश जीवन सुरु भयो भन्ने संकेत गर्छ। 

आफ्नो जीवनको लामो समय जागिरमा बिताएका मान्छेले जागिर जीवनपछि अवकाश पाउनु स्वभाविक हो। यद्यपि कतिपय मान्छे अवकाशपछि आफ्नै कामधन्धा गर्छन् भने कोही घर परिवारमै रमाउँछन्। उद्यम तथा व्यवसायमा लागेका मान्छे त असी वर्षसम्म पनि सक्रिय भएका पनि देखिएका छन्।

तर एक ८२ वर्षीय स्पेनी नागरिकको साहस भने डरलाग्दो छ। उनी यो उमेरमा हिमाल आरोहणको लागि तम्सिएका छन् र नयाँ विश्व रेकर्ड राख्न उत्साहित छन्।

संसारको सातौं अग्लो धवलागिरि प्रथम आरोहणका लागि कार्लोस सोरिया फोन्टेन बेस क्याम्प पुगेका हुन्। सो हिमालको उचाइ ८ हजार १ सय ६७ मिटर छ।
स्पेनका कार्लोस सोरिया अहिले धवलागिरि हिमाल आरोहणको तयारीको लागि बेसक्याम्पमा पुगेका छन्। उनको योजना अबको केही दिनमा धवलागिरि आरोहण गर्ने रहेको छ।

संसारको सातौं अग्लो धवलागिरि प्रथम आरोहणका लागि कार्लोस सोरिया फोन्टेन बेस क्याम्प पुगेका हुन्। सो हिमालको उचाइ ८ हजार १ सय ६७ मिटर छ।

उनको योजना संसारका ८ हजार मिटर अग्ला सबै १४ वटा हिमाल आरोहण गर्ने रहेको छ।

यस पटकको आरोहण मौसममा पूर्णिमा श्रेष्ठ, माया शेर्पालगायत चार नेपाली महिलासहित ४० जना आरोही धवलागिरि चढ्ने तयारीमा छन्।

कार्लोस र नेपाली महिला आरोही भदौको अन्तिम साता म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरबाट हेलिकोप्टरमार्फत धवलागिरि हिमालको मुनी रहेको इटली क्याम्प उत्रेका हुन्।

धवलागिरि पदमार्गको बेनी–दरबाङ सडकको मालिका–६ मा पहिरो आएर बाटो भत्केपछि पर्वतारोही र आरोहणमा आवश्यक सामग्री हेलिकोप्टरबाट बेसक्याम्पसम्म पुर्‍याइएको हो।

६० वर्षपछि आरोहणमा लागेका कार्लोसले हालसम्म सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजङ्घा, अन्नपूर्ण गरी ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरेर विश्व कीर्तिमान राखिसकेका छन्।

उनले ५५ वर्षको उमेरमा ८ हजार मिटर माथिको हिमाल आरोहण थालेको हुन् र ६१ वर्षको हुँदा उनले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भए।
कार्लोस सोरियालाई धवलागिरि आरोहण गराउन लागेको सेभेन समिट ट्रेक्सले २ सेप्टेम्बरबाट यात्रा सुरु गरी अक्टोबर ११ भित्र आरोहण पूरा गर्ने योजना बनाएको छ।
सोरियाले ८ हजारमाथिका १४ शिखर मध्ये १२ शिखर चढिसकेका छन्। अब उनले धवलागिरि र तिब्बतमा भएको सिसापाङ्मा मात्र चढ्न बाँकी छ।
सोमबार उनले आफ्नो फेसबुकमा लेखेका थिए– ‘अहिले देखेको धवलागिरिको नजिक पुगेको अनुभव भइरहेको छ।’

उनले ५५ वर्षको उमेरमा ८ हजार मिटर माथिको हिमाल आरोहण थालेको हुन् र ६१ वर्षको हुँदा उनले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भए।

उमेरका कारण सोरियासँग प्रचुर समय छैन, यद्यपि उनी आफ्नो अवस्थाप्रति शान्त छन्। ‘म आफूले बाँचेको समयप्रति खुसी छु,’ सिह्नवासँगको अन्तरवार्तामा उनले गत अप्रिलमा भनेका थिए।

कोरोना महामारीका कारण गत वर्ष आरोहणमा जान नपाएका कार्लोस यो पटक फेरि धवलागिरि आरोहणको लागि प्रयासरत छन्।

आरोहण सफल भएमा कार्लोस संसारको १४ अग्लो हिमशिखर आरोहण गर्ने विश्वकै पहिलो ज्येष्ठ नागरिक हुनेछन्।

- एजेन्सीको सहयोगमा महेश्वर आचार्यले तयार पारेको सामग्री

प्रकाशित: Sep 22, 2021| 08:07 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।