शुक्रबार, असार ५, २०८३

सहर त्रस्त, गाउँ मस्त (फोटोफिचर)

जिल्लाभर निषेध आदेश लागू भए पनि ग्रामीण क्षेत्र भने गुलजार छ। गाउँघरमा चहलपहल सामान्य समयको जस्तै छ।
 |  शुक्रबार, भदौ १९, २०७७

भीम चौधरी

भीम चौधरी

शुक्रबार, भदौ १९, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशको कैलाली कोरोना भाइरसको उच्च जोखिममा छ। त्यसमा पनि जिल्लाको धनगढी उपमहानगरपालिकामा अझ बढी जोखिम छ। प्रदेशकै सबैभन्दा बढी एक्टिभ केस धनगढीमा छन्।

National life

प्रदेशमै पहिलो पटक गत चैत १४ गते कोरोना संक्रमण देखिएको धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमित पनि छन्।

धनगढी उपमहानगरपालिकाको आग्रहमा जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ ४ गतेबाट धनगढीमा निषेध आदेश जारी गरेको छ। भदौ १९ (आज) सम्म निषेध आदेश कायम छ। धनगढीलगायत कैलालीका साना–ठूला सबै बजार बन्द छन्। सवारीसाधन ठप्प छन्।

तर, जिल्लाभर निषेध आदेश लागू भए पनि ग्रामीण क्षेत्र भने गुलजार छ। गाउँघरमा चहलपहल सामान्य समयको जस्तै छ।

स्थानीयवासी निर्वाध रुपमा हिँडडुल, माछा मार्ने, घुमफिर, खेलकुदमा मस्त देखिन्छन्। निषेध आदेश कार्यान्वयन गर्न सहरी क्षेत्रमा सुरक्षाकर्मी परिचालन भए पनि ग्रामीण क्षेत्रलाई निष्फिक्री छाडेको देखिएको छ।

Shivam cement

प्रकाशित: Sep 04, 2020| 07:23 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।