शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • स्थानीयवासी र प्रहरीबीच झडप भएपछि रोकियो रथ यात्रा (तस्बिरहरू)

स्थानीयवासी र प्रहरीबीच झडप भएपछि रोकियो रथ यात्रा (तस्बिरहरू)

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ।

National life

निषेध आदेशमा जात्रा, पर्व नगर्न सरकारले गरेको आग्रहकै बीच स्थानीयवासीले रथ तान्न सुरु गरेपछि झडप भएको हो।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। अहिले रथ तान्न भेला भएकाहरू तितरबितर भएका छन्।

स्थानीयवासीले प्रहरीको एउटा मोटरसाइकलमा आगजनीसमेत गरेका छन्।

कोरोना संक्रमणको जोखिम बढेका कारण काठमाडौं उपत्यकामा २४ भदौसम्म निषेध आदेश लगाइएको छ।

Shivam cement

निषेध आदेशमा अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाइँदैन। सरकारले पनि चाडपर्व, जात्रा घरभित्रै परिवारबीच मात्रै मनाउन आग्रह गर्दै आइरहेको छ।

प्रकाशित: Sep 03, 2020| 14:48 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।