शुक्रबार, असार ५, २०८३

इन्द्रजात्राको दिन पनि वसन्तपुर सुनसान (फोटोफिचर)

यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन।
 |  मंगलबार, भदौ १६, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, भदौ १६, २०७७

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइएको छ।

National life

इन्द्रजात्राको दिन ठूलो भिड लाग्ने वसन्तपुर दरबार क्षेत्र आज सुनसान थियो।

कोरोनाबाट बच्न रथयात्रा स्थगन गरिएकाले इन्द्रजात्रा सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरी मनाइएको हो। भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो।

यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ। आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो। यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ।

जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भिडभाड नगर्ने निर्णय गरेको थियो। यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत हुन सकेको छैन।

Shivam cement

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन।

प्रकाशित: Sep 01, 2020| 17:32 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।