बुधबार, चैत ४, २०८२

मोरङ कारागारमा एक बन्दीको मृत्यु

जिल्ला कारागार मोरङभित्र रहेका एक युवकको मृत्यु भएको छ।
 |  शनिबार, भदौ १३, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, भदौ १३, २०७७

विराटनगर–जिल्ला कारागार मोरङभित्र रहेका एक युवकको मृत्यु भएको छ।

National life

मोरङ सुन्दरहरैंचा नगरपालिका–४ का २६ वर्षीय फुर्वासिंह तामाङको शनिबार बिहान मृत्यु भएको हो।
उनी चोरी मुद्दामा २०७६ साल फागुन २२ गते जिल्ला अदालत मोरङको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका युवक हुन्।

अदालतमा मुद्दा विचाराधीन रहेको र मुद्दाको अन्तिम टुंगो लाग्न बाँकी रहेकै अवस्थामा कारागारका बन्दी तामाङको मृत्यु भएको हो।

पेट दुखेर श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिहान १ बजेतिर उपचारका लागि कोसी अस्पताल पु¥याइएको कारागारका जेलर सुवास लामिछाने बताए। उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

गत बुधबार कारागारमै कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय निराजन यादवको पनि मृत्यु भएको थियो।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Aug 29, 2020| 10:01 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।