सोमबार, माघ ५, २०८२

टी–२० विश्वकपमा सहभागी यस्ता छन् १६ देशका टिम

आउँदो अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म यूएई र ओमनमा आईसीसी टी–२० विश्वकप हुँदैछ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं– आउँदो अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म यूएई र ओमनमा आईसीसी टी–२० विश्वकप हुँदैछ।

National life

यो विश्वकपमा १६ देशहरुले सहभागिता जनाउने छ। ती सबै देशले प्रतियोगिताका लागि आ–आफ्नो देशको खेलाडीको नामावली सार्वजनिक गरिसकेका छन्।

प्रतियोगितामा अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, अफगानिस्तान, भारत, न्युजिल्यान्ड र पाकिस्तान सिधै सुपर १२ मा भेट हुनेछन्। त्यसअघिको समूह चरण प्रतिस्पर्धा गर्नेमा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड, श्रीलंका, बंगलादेश, ओमन, पपुवा न्युगिनी र स्कटल्यान्ड छन्।

विश्वकपको पहिलो समूह चरणमा सहभागी हुने टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ। त्यसको समूह एमा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड र नामिबिया छन्। त्यस्तै समूह बीमा बंगलादेश, स्कटल्यान्ड, पपुवा न्यु गिनी र ओमन रहेका छन्। राउन्ड रोबिन खेलबाट छानिएका दुवै समूहका शीर्ष दुई टिमले सुपर १२ मा प्रतिस्पर्धा गर्नेछन्।

सुपर १२ का ८ टिम यसअघि नै छनोट भइसकेका छन्। विश्वकपमा सुपर १२ का टिमलाई दुई पोलमा बाँडिएको छ भने पाकिस्तान र भारत पोल २ मा छन्। विश्वकपमा भारतले सुपर–१२ मै पाकिस्तानसँग भिड्ने निश्चित भएको हो।

Laxmi sunrise bank
kumari

पोल–१ – वेस्ट इन्डिज, इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र छनोट भएका दुई टिम (समूह बीको दोस्रो र एको पहिलो)

पोल–२ – भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, र छनोट भएका दुई टिम (बीको पहिलो र एको दोस्रो)

विश्वकप दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधाबीको शेख जायद रंगशाला, सारजाह रंगशाला र ओमन क्रिकेट एकेडेमी ग्राउन्डमा खेल हुनेछ।

यस्तो छ विभिन्न देशहरूको टिमः

अफगानिस्तानः

मोहम्मद नबी (कप्तान), रशीद खान, मुजीब उर रहमान, रहमानुल्लाह गुरबाज (विकेटकिपर), करीम जनात, हजरतउल्लाह जाजाई, गुलबदीन नायब, उस्मान घनी, नवीन उल हक, असगर अफगान, हमिद हसन, शराफुद्दीन अशरफ, नजीबुल्लाह जद्रान, दावत जादरान, हशमतुल्लाह शाहिदी, शापूर जादरान, मोहम्मद शहजाद (विकेटकिपर), कैस अहमद

आरक्षित – अफसर जजाई, फरीद अहमद

अष्ट्रेलियाः

आरोन फिन्च (कप्तान), डेविड वार्नर, स्टीव स्मिथ, ग्लेन म्याक्सवेल, मिशेल मार्श, मैथ्यू वेड, एश्टन अगर, प्याट कमिन्स, मिशेल स्टार्क, केन रिकार्डसन, एडम जाम्पा, जोश हेजलवुड, मार्कस स्टोइनिस, मिशेल स्वीपसन, जोश इंग्लिस

यात्रा आरक्षितः डान क्रिश्चियन, नाथन एलिस, डैनियल सैम्स

बंगलादेशः

महमुदुल्लाह (कप्तान), मोहम्मद नाइम, सौम्य सरकार, लिटन दास (विकेटकिपर), शकिब अल हसन, मुशफिकुर रहीम, अफीफ हुसैन, नुरुल हसन, माहेदी हसन, नसुम अहमद, मुस्तफिजुर रहमान, शोरीफुल इस्लाम, तस्किन अहमद, मोहम्मद सैफुद्दीन, शमीम हुसेन

आरक्षितः अमीनुल इस्लाम, रुबेल हुसैन

इंग्ल्यान्डः

इयोन मोर्गन (कप्तान), मोईन अली, जोनी बेयरस्टो, सैम बिलिङ्स, जोस बटलर, सैम कुरान, क्रिस जोर्डन, लियाम लिविसस्टोन, दाउद मालन, टिमल मिल्स, आदिल रशीद, जेसन रोय, डेभिड विली, क्रिस वोक्स, मार्क वुड

यात्रा आरक्षितः टम कुरन, लियाम डासन, जेम्स विन्स

भारतः

विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), इशान किशन (विकेटकिपर), हार्दिक पांड्या, रविन्द्र जडेजा, राहुल चाहर, रविचंद्रन अश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शमी

आरक्षितः श्रेयस अय्यर, दीपक चाहर, शार्दुल ठाकुर

आयरल्यान्डः

एन्डी बलबिर्नी (कप्तान), मार्क एडैर, कर्टिस क्याम्फर, ग्यारेथ डेलानी, जर्ज डकरेल, शेन गेटकेट, ग्राहम केनेडी, जोश लिटिल, एन्ड्रयू म्याकब्राइन, ब्यारी म्याकार्थी, केविन ओब्रायन, नील रक, सिमी सिंह, पॉल स्टर्लि,, हैरी टेक्टर, लोकरन टुकर, बेन व्हाइट, क्रेग युवा

नामिबियाः

गेरहार्ड इरास्मस (कप्तान), स्टेफन बारड, कार्ल बिर्केनस्टॉक, मीकाउ डु प्रीज, जन फ्राइलंक, जेन ग्रीन, जेन निकोल लोफ्टी ईटन, बर्नार्ड स्कोल्ट्ज, बेन शिकोंगो, जे जे स्मिट, रुबेन ट्रम्पेलमैन, माइकल भान लिन्जेन, डेभिड विसे, क्रेग विलियम्स, पिक्की या फ्रान्स

नेदरल्यान्डः

पीटर सीलार (कप्तान), कोलिन एकरमन (कपकप्तान), फिलिप बोइसेवेन, बास डी लीडे, पल भान मीकेरेन, बेन कूपर, म्याक्स ओडोड, स्कट एडवर्ड्स, रयान टेन डोस्चेट, टिम भान डेर गुग्टेन, रोलोफ भान डेर मेर्वी, ब्रान्डन ग्लोवर, फ्रेड क्लास्सेन, लोगान भान बीक, स्टेफन बाइब्रुग

न्युजिल्यान्डः

केन विलियमसन (कप्तान), टोड एस्टल, ट्रेन्ट बोल्ट, मार्क चैपमैन, डेभन कोनवे, लकी फर्ग्युसन, मार्टिन गुप्टिल, केली जेमीसन, डेरिल मिशेल, जिमी नीशाम, ग्लेन फिलिप्स, मिशेल सान्टनर, टिम सेफर्ट (विकेटकिपर), ईश सोधी, टिम साउथी, एडम मिल्न (चोट कभर)

ओमनः

जीशान मकसूद (कप्तान), आकिब इलियास (उपकप्तन), जतिंदर सिंह, खवर अली, मोहम्मद नदीम, अयान खान, सुरज कुमार, सन्दीप गौड, नेस्टर धम्बा, कलीमुल्लाह, बिलाल खान, नसीम खुशी, सुफ्यान मेहमूद, फयाज बट , खुर्रम खान

पाकिस्तानः

बाबर आजम (कप्तान), शादाब खान (उपकप्तान), मोहम्मद रिजवान (वकेटकिपर), आसिफ अली, सोहेब मकसूद, आजम खान (विकेटकिपर), खुशदील शाह, मोहम्मद हफीज, मोहम्मद नवाज, मोहम्मद वसीम जूनियर, शाहीन अफ्रिदी, हरिस रौफ, हसन अली, इमाद वसीम, मोहम्मद हसनैन।

आरक्षितस् उस्मान कादिर, शानवाज दहानी, फखर जमान

पपुवा न्यु गिनि:

असद वाला (कप्तान), चार्ल्स अमिनी, लेगा सियाका, नर्मन भानुआ, नोसैना पोकाना, किप्लिन डोरिगा (विकेटकिपर), टोनी उरा, हिरी हिरी, गौडी टोका, सेसे बाउ, डेमियन रावु, काबुआ वागी मोरिया, साइमन अताई, जेसन किला, चाड सोपर, ज्याक गार्डनर

स्कटल्यान्डः

केली कोएट्जर (कप्तान), रिचर्ड बेरिंगटन (उपकप्तान), डिलन बुज, मैथ्यू क्रस (विकेटकिपर), जोश डेवी, अलास्डेयर इभान्स, क्रिस ग्रीव्स, ओली हेयर, माइकल लीस्क, कलम मैक्लेओड, जर्ज मुन्से, सफयान शरीफ, क्रिस एकमात्र, हमजा ताहिर, क्रेग वालेस (विकेटकिपर), मार्क वाट, ब्राड व्हील

दक्षिण अफ्रिकाः

टेम्बा बावुमा (कप्तान), केशव महारज, क्विन्टन डी कक ९विकेटकिपर०, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, हेनरिक क्लासेन, ऐडेन मार्करम, डेविड मिलर, वियान मुल्डर, लुंगी निगिदी, एनरिक नोर्किया, ड्वाइन प्रिटोरियस, कागिसो रबाडा , रस्सी भान डर डुसेन

श्रीलंकाः

टोलीस् दासुन शनाका (कप्तान), धनंजय डी सिल्वा, कुसल जनिथ परेरा, दिनेश चण्डीमल, अविष्का फर्नांडो, भानुका राजापाक्षे, चारिथ असलंका, वनिन्दु हसरंगा, कामिन्दु मेंडिस, चमिका करुणारत्ने, नुवान प्रदिप, दुशमन्था चमीरा, प्रवीण जयवैक, महावीर जयवान थेक्शाना

रिजर्व – लाहिरु कुमार, बिनुरा फर्नांडो, अकिला दानंजया, पुलिना थरंगा

वेस्ट इन्डिजः

किरोन पोलार्ड (कप्तान), निकोलस पूरन (उपकप्तान र विकेटकिपर), फेबियन एलन, ड्वेन ब्रावो, रोस्टन चेस, आन्द्रे फ्लेचर (विकेटकिपर), क्रिस गेल, शिमरोन हेटमायर, एविन लुईस, ओबेद म्याकोय, रवि रामपाल, आन्द्रे रसेल , लन्डी सिमन्स, ओशाने थोमस, हेडन वाल्श जूनियर

आरक्षित – जेसन होल्डर, अकिद होसेन, शेल्डन कट्रेल, डर्रेन ब्राभो

प्रकाशित: Sep 21, 2021| 17:23 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।