शुक्रबार, भदौ १२, २०८३

जर्मन प्रयोग : कामै नगरी मासिक डेढ लाख तलब

यो प्रयोगअन्तर्गत केही छानिएका व्यक्तिले मासिक करिब एक लाख ६८ हजार रुपैयाँ (१२ सय युरो) पाउनेछन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

जर्मनीमा एउटा नयाँ सामाजिक प्रयोगको तयारी हुँदै छ। यो प्रयोगअन्तर्गत केही छानिएका व्यक्तिले मासिक करिब एक लाख ६८ हजार रुपैयाँ (१२ सय युरो) पाउनेछन्।

सित्तैंंमा हुने यो कमाइका लागि आवेदकको ताँती लागेको छ।

प्रस्ताव गज्जबको छ। तीन वर्षसम्म एक व्यक्तिको बैंक खातामा मासिक एक लाख ६८ हजार रुपैयाँ जम्मा हुनेछ। त्यसबापत कुनै काम गर्नु पर्ने छैन। काम भनेको अनुसन्धानका केही प्रश्नहरुको जवाफ दिनुपर्नेछ।

प्रश्न पनि तपाईंले त्यो रकमले के गरिरहनुभएको छ, त्यो रकमले जीवन धान्न पुगेको छ कि छैन जस्ता हुनेछन्।
सित्तैँमा रकम पाउने भएपछि लिन को तयार नहोला?

अनुसन्धानकर्ता यो परियोजनाका लागि १५ सय व्यक्तिको खोजीमा थिए। अहिलेसम्म १५ लाखभन्दा बढीले आवेदन दिएका छन्। यीमध्ये १२ सय मात्र छनोट हुने जर्मन पत्रिका डोयचे वेलेको अनलाइन संंस्करणले उल्लेख गरेको छ।

यो रकम पाउनेले तीन वर्षमा कुल सातवटा सर्वेक्षण फाराम भर्नुपर्नेछ। यो रकममा कुनै कर लाग्ने छैन। यसरी तीन वर्षमा प्रत्येकले ४३ हजार २०० युरो (६० लाख ६४ हजार रुपैयाँ) पाइसकेका हुनेछन्।

सम्पूर्ण परियोजनाका लागि ५२ लाख युरो (७३ करोड २८ हजार रुपैयाँ) लाग्नेछ। तर यो खर्च जर्मन सरकारले व्यहोर्ने छैन। यो काम बर्लिनस्थित च्यारिटी संंस्थाले गर्न लागेको हो जसका लागि कुल डेढ लाख मानिसले दान दिइरहेका छन्।

उद्देश्य के हो?

अचम्मको यो परियोजना च्यारिटी संंस्था ‘माइन ग्रुन्डआइनकमन’ अर्थात् ‘मेरो न्यूनतम तलब’ ले सञ्चालन गर्न लागेको हो।

मानिसले सामान्य आवश्यकता पूरा गर्नका लागि काम गर्नु परेन भने खुसीयालीपूर्ण जीवन बाँच्न सक्छ र अधिक रचनात्मक पनि हुन सक्छ भन्ने दाबी सत्य हो कि होइन भनेर परीक्षण गर्नु परियोजनाको उद्देश्य रहेको उक्त संंस्थाले जनाएको छ।

परियोजनाको अध्यक्षता जर्मन इन्स्टिच्युट फर इकोनमिक रिसर्चका युएर्गन सुपले गरिरहेका छन्।

डोयचे वेलेसँगको साक्षात्कारमा उनले भनेका छन्, ‘मानिसले आर्थिक रुपले सुरक्षित अनुभूत गरे भने के गर्दा रहेछन्, हामीले त्यसको विश्लेषण गर्नेछौं।’

उनीहरुले सबै रकम खर्च गरिदिन्छन् वा केही बचत गर्छन्? अतिरिक्त रकम पाउन थालेपछि गर्दै आएको काम छोडिदिने पो हुन् कि? यो रकमले अरुको मद्दत गर्लान् वा नगर्लान्? यस्ता सबै कुराको विश्लेषण गरिने सुपले बताएका छन्।

उनले मानिसको तनावको स्तरमा आउने फरक जाँच्नका लागि प्रश्न सोध्ने बाहेक स्वास्थ्य परीक्षणसमेत गराइने बताए।
परियोजनाका समर्थकहरु न्यूनतम खर्च पाउन थालेपछि समाजमा सकारात्मक सुधार हुने ठान्छन्।

मानिसहरु खुसी रहनेछन्, एकअर्काको मद्दत गर्नेछन्। जबकि यसका विरोधीहरु यसलाई कोरा कल्पनामात्र भन्छन्। उनीहरुका अनुसार सित्तैंमा प्राप्त रकमले मानिसलाई अल्छी बनाउनेछ।

सुपको भनाइ भने फरक छ। उनी मानिसले रकम पाउन थालेपछि जोखिम उठाउने क्षमता बढ्ने र गरिरहेको काम छोडेर नयाँ काम सुरु गर्नका लागि डर नलाग्ने बताउँछन्।

केही भने तीन वर्षको समय यस्ता प्रश्नको जवाफ खोज्नका लागि पर्याप्त नभएको बताउँछन्। सुप आफैं पनि यो कुरा स्वीकार गर्छन्। तर, उनी पैसाले मानिसको व्यवहारमा कस्तो परिवर्तन ल्याउँछ भन्नेबारे आजसम्म वैज्ञानिक अनुसन्धान नभएकाले यो परियोजना महत्त्वपूर्ण रहेको बताउँछन्।

प्रकाशित: Aug 28, 2020| 17:16 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।