मंगलबार, असार ३०, २०८३

खेल रत्न घोषणापछि रोहित भन्छन् – सम्मानले उत्साहित छु

भारतीय राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान रोहित शर्मालाई राजीव गान्धी खेल रत्न पुरस्कार दिइने भएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं – भारतीय राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान रोहित शर्मालाई राजीव गान्धी खेल रत्न पुरस्कार दिइने भएको छ।

सम्मान घोषणा भएपछि ब्याट्सम्यान शर्माले खेलप्रति थप उत्साह बढेको बताएका छन्। उनले भनेका छन्, ‘म कडा मेहनत गरिरहनेछु। देशवासीको ओठमा मुस्कान ल्याउने गरी काम गरिरहनेछु।’

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआर्ई) ले ट्विटर हेन्डलमा सेयर गरेको एक भिडियोमा रोहितले भनेका छन्, ‘सर्वोच्च खेल सम्मान प्राप्त गर्दा म धेरै खुसी र आनन्दित भएको छु।’

उनले भनेका छन्, ‘क्रिकेटमा सचिन तेन्दुलकर, एमएस धोनी र विराट कोहलीको अद्भुत योगदान छ। म पनि सोही समूहमा पर्न पाउँदा धेरै खुसी मिलेको छ। यो सूचीमा सामेल हुनु ठूलो सम्मान हो।’

अगस्ट २९ को राष्ट्रिय खेल दिवसका अवसरमा मरियप्पन टी, मनिका बत्रा, विनेश फोगाट र रानी रामपालका साथ क्रिकेटका शर्माले खेल रत्न पाउनेछन्।

उनले आफ्नो नाम खेल रत्नमा समावेश गर्ने टिम र बीसीसीआईलाई धन्यवाद दिएका छन्।

शर्माले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन पटक दोहोरो शतक प्रहार गरेका छन्। शर्मा तीन पटक दोहोरो शतकको कीर्तिमान राख्ने विश्वका एकमात्र खेलाडी हुन्।

प्रकाशित: Aug 28, 2020| 15:41 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।