शनिबार, साउन १६, २०८३

१३ सय ३० कोरोना संक्रमित थपिए, ५५ हजारले लगाए खोप

पछिल्लो २४ घण्टामा देशभर एक हजार ३३० कोरोना भाइरसका संक्रमित थपिएका छन्।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर एक हजार ३३० कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यां अनुसार नौ हजार ६२६ जनाको पीसीआर र तीन हजार ९९६ को एन्टिजेन परीक्षण गर्दा क्रमश: एक हजार ३६ र २९४ गरि एक हजार ३३० जना संक्रमित थपिएका हुन्। 

यही अवधिमा एक हजार ८३० जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ जनाको मृत्यु भएको छ। 

देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेका छन्।  

पछिल्लो २४ घण्टामा ५५ हजारले लगाए खोप

पछिल्लो २४ घण्टामा देशभर ५५ हजार २४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म देशभर खोप लगाउनेको कुल संख्या एक करोड १९ लाख ४९ हजार ६१५ जनाले खोप लगाएका छन्। 

जसमा ६२ लाख ३० हजार ८२३ जनाले पहिलो डोज खोप लगाएका छन् भने ५६ लाख २८ हजार ७९२ ले पूर्ण मात्राको खोप लगाएका छन्। 



प्रकाशित: Sep 21, 2021| 17:12 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्