मंगलबार, असार ३०, २०८३

स्पेनिस फरवार्ड रोड्रिगो लिड्स युनाइटेडमा जाने

च्याम्पियनसिपको लिगविजेता बन्दै १६ वर्षपछि प्रिमियर लिगमा फर्किएको लिड्स युनाइटेडले स्पेनिस फरवार्ड रोड्रिगो मोरिनोलाई अनुबन्ध गर्ने भएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

लन्डन– च्याम्पियनसिपको लिगविजेता बन्दै १६ वर्षपछि प्रिमियर लिगमा फर्किएको लिड्स युनाइटेडले स्पेनिस फरवार्ड रोड्रिगो मोरिनोलाई अनुबन्ध गर्ने भएको छ। उसले ३० मिलियन यूरोमा रोड्रिगोलाई अनुबन्ध गर्ने भएको हो।

स्पेनिस क्लब भ्यालेन्सियाले पनि रोड्रिगोलाई इंग्ल्यान्डका लागि विदा गरेको छ। ‘भ्यालेन्सिया रोड्रिगोको ट्रान्सफरलाई लिएर लिड्सँगको सम्झौता नजिक पुगेको छ, मेडिकल पास र डकुमेन्टेसनका काम सकिएका छन्,’ ला लिगा साइडले ट्विटरमा लेखेको छ, ‘६ सिजनका लागि रोड्रिगोलाई धन्यवाद। उनले क्लबका लागि धेरै योगदान दिएका छन्।’

उनीहरुको सम्झौतामा रोड्रिगोको अनुबन्ध कति समयसम्म रहने र भ्यालेन्सियालाई कति रकम बुझाउने नभए पनि इंग्लिस मिडियाले ३० मिलियन यूरोमा सम्झौता गरेको बताएका छन्।

२९ वर्षे रोड्रिगोले भ्यालेन्सियामा २२० खेल खेल्दै ५९ गोल गरेका छन्। साथै उनले फ्लेमिङगो र रियल मड्रिडको युवा एकेडेमीबाट पनि खेलिसकेका छन्

उनले यसअघि इंग्लिस फुटबलमा १७ खेल खेलिसकेका छन्।

- इएसपीएनडटइन

प्रकाशित: Aug 27, 2020| 17:51 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।