आइतबार, असोज १८, २०८३

पछिल्लो ३ सातामा कोरोनाबाट विदेशमा थप ३९ नेपालीको निधन

कोरोना संक्रमणबाट पछिल्लो तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ।
 |  शनिबार, साउन १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन १६, २०७८

काठमाडौं- कोरोना संक्रमणबाट पछिल्लो तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेसियामा ३७ जना इराक, र युगान्डामा १–१ जना नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो। 

संघले संकलन गरेको तथ्यांकअनुसार हालसम्म भारतसहित विश्वभर २९ मुलुकमा रहेका ४८६ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ। इराकमा पहिलोपटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो। 

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ।  ती मध्ये १ लाख १७ हजार ५२९ जना नेपाली कोरोनामुक्त भएका छन्। 

समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन्। 

सापकोटाका अनुसार विगत दुई सातामा मलेसिया र भारतमा रहेका नेपालीमा  भने थप कोरोना संक्रमण देखिएको छ।

प्रकाशित: Jul 31, 2021| 21:19 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...