शनिबार, वैशाख ५, २०८३

वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

वीर अस्पतालमा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सकको संख्या ३० पुगेको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं– वीर अस्पतालमा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सकको संख्या ३० पुगेको छ।

National life

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार बुधबार नर्स तथा डाक्टरसहित पाँच जनालाई कोरोना पुष्टि भएको हो।

नाक, कान, घाँटी विभागका एक डाक्टर, महिला वार्डमा कार्यरत दुई नर्स र सहायक स्तरका दुई कर्मचारीमा कोरोना संक्रमण भएको उनले बताए।

अस्पतालका अुनसार केही संक्रमित कर्मचारीलाई वीर अस्पतालकै आइसोलेसनमा राखिएको छ भने केही कर्मचारी होम आइसोलेसनमा छन्।

अस्पतालका सबै सेवा सञ्चालन भइरहेको छ। देशभर चार सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

kumari

प्रकाशित: Aug 27, 2020| 11:34 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।