काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकामा ७ दिनदेखि निषेधाज्ञा जारी छ।
आज (बुधबार) सम्मका लागि जारी भएको निषेधाज्ञा ७ दिन थपेर १७ गतेसम्म बढाउने निर्णय भइसकेको छ।
निषेधाज्ञाका कारण सडक सुनसान छ। पसल व्यवसाय ठप्प छ। मानिसहरु घरबाट निस्किन पाएका छैनन्। यद्यपि, अत्यावश्यक सामानको आपूर्ति र कारोबार भने ठप्प छैन।
निषेधाज्ञाको सातौं दिन आज साँझ नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा खिचेका केही तस्बिर: