सोमबार, माघ ५, २०८२

हङकङविरुद्ध यस्तो छ नेपालको प्लेइङ सेट

एएफसी एसियन महिला कप छनोटको क्‍वालिफाएरको दोस्रो खेलका लागि नेपाली टिमले हङकङविरुद्ध खेल्दैछ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं– एएफसी एसियन महिला कप छनोटको क्‍वालिफाएरको दोस्रो खेलका लागि नेपाली टिमले हङकङविरुद्ध खेल्दैछ। हङकङविरुद्ध नेपालको खेलका लागि प्लेइङ सेट सार्वजनिक भएको छ। प्रशिक्षक ग्यारी पिलिप्सले पछिल्लो खेलको टिमलाई उतारेका छन्।

National life

मंगलबारको टिममा पनि अग्रपंतिमा खेल्ने जिम्मा विमला चौधरी, प्रिति राई र सविता राना मगरले पाएका छन्। त्यस्तै अट्याकिङ मिडफिल्डमा सरु लिम्बू रहेकि छन्। नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुने खेलमा नेपालले हङकङको सामना गर्न लागेको हो। उज्वेकिस्तानको जेएआर रंगशालमा हुने खेलमा नेपालले हङकङविरुद्ध जितको लक्ष्यका साथ मैदान उत्रने छ।

तर, यसअघिका नेपाल र हङकङको भेट नेपाली टिमका लागि सम्झनलायक भने छैन। नेपालले यसअघि हङकङविरुद्ध दुई खेल खेल्दा दुबैमा हार बेहोरेको थियो।

सन् १९८६ मा भएको पहिलो भेटमा हङकङसँग १–० गोलको हार बेहोरेको थियो भने सन् १९८९ मा भएको दोस्रो भेटमा नेपाल ३–० ले पराजित भएको थियो। तसर्थ, मंगलबार नेपाली टिमलाई ती दुई खेलको बदला लिने अवसरका रुपमा लिएको छ। 

प्रकाशित: Sep 21, 2021| 15:05 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।