सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बर्लिन जानुअघि धावक पार्कीले भने– जसको विगत अप्ठ्यारो छ, उसको भविष्य राम्रो हुन्छ

बर्लिन जानुअघि धावक पार्कीले भने– जसको विगत अप्ठ्यारो छ, उसको भविष्य राम्रो हुन्छ

टोकियो ओलम्पिकमा सहभागिता जनाउनबाट वञ्चित भएका म्याराथन धावक गोपीचन्द्र पार्की आज मंगलबार राति बर्लिन म्याराथनका लागि जर्मनी प्रस्थान गर्दैछन्। ओलम्पिकका लागि लामो समय तयारी गरे पनि उनी प्रतियोगितामा सहभागी बन्न पाएका थिएनन्।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं– टोकियो ओलम्पिकमा सहभागिता जनाउनबाट वञ्चित भएका म्याराथन धावक गोपीचन्द्र पार्की आज मंगलबार राति बर्लिन म्याराथनका लागि जर्मनी प्रस्थान गर्दैछन्। ओलम्पिकका लागि लामो समय तयारी गरे पनि उनी प्रतियोगितामा सहभागी बन्न पाएका थिएनन्।

त्यसपछि राखेपले उनलाई आउँदो प्रतियोगितामा सहभागी गराउने प्रतिबद्धता सदस्य सचिव रमेशकुमार सिलवालले गरेका थिए। यसै सन्दर्भमा आज उनको बिदाइ गरिएको छ। बिदाइमा पार्कीले भने, ‘कसले कति चोट पुर्यायो भन्दा पनि कसले सहयोग गर्यो भन्ने कुराले अर्थ राख्छ।’

उनले ओलम्पिकपछिको गतिविधिको नापजाँच गर्दै भने, ‘आउने दिनमा कसले सहयोग गर्छ भन्ने कुराले महत्व राख्छ। जसको विगत अप्ठ्यारो छ, उसको भविष्य राम्रो हुन्छ। अहिले त्यस्तै जुरेको छ।’

अहिले उनी जान लागेको पनि विश्वको उत्कृष्ट म्याराथन खेलाडी सम्मिलित हुने प्रतियोगिता हो। ‘ओलम्पिक एक सपना हो। तर बर्लिन म्याराथन पनि निकै उच्च स्तरको छ,’ उनले भने, ‘यो प्रतियोगिता खेल्न पाएकोमा निकै उत्साहित छु।’

गएको टोकियो ओलम्पिकमा उनको सहभागिता रद्द भएपछि उनले केही समय अभ्यास स्थगित गरेका थिए।

‘ओलम्पिकपछि अभ्यास केही डाउन भयो। तीन हप्ता अघि मात्र बर्लिन खेल्ने पक्का भएको छ र मैले अभ्यास सुरु गरेको थिएँ,’ उनले भने, ‘यसबीचका दुई अभ्यासका दौरान मैले राष्ट्रिय कीर्तिमानी समयमा दौडेको छु। मलाई लाग्छ यो प्रतियोगितामा त्यो तोडिनेछ। तोडिएन भने पनि म आफ्नो समयमा दौडिन सक्नेछु।’

उनी आज प्रस्थान गर्नेछन्। त्यहाँ उनको पीसीआर नेगेटिभ आएपछि तयारी गर्न पाउनेछन्। बर्लिन म्याराथन सेप्टेम्बर २६ मा हुनेछ। उनी सेप्टेम्बर २९ मा नेपाल फर्किने छन्।

प्रकाशित: Sep 21, 2021| 14:33 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।