मंगलबार, असार ३०, २०८३

सीपीएलमा सन्दीपको टिम तालावाजको दोस्रो जित

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा दोस्रो जित निकालेको छ। उसले गुएना अमाजोन वारियर्सलाई ५ विकेटले हराउँदै जित निकालेको हो।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा दोस्रो जित निकालेको छ। उसले गुएना अमाजोन वारियर्सलाई ५ विकेटले हराउँदै जित निकालेको हो।

पहिलो इनिङमा ब्याटिङको निम्तो पाएको अमेजनले ९ विकेट गुमाउँदै सम्पूर्ण ओभर खेलेर १०८ रन बनाएको थियो। १०९ रनको लक्ष्य पछ्याएको तलावाजले १८ ओभरमै ५ विकेट गुमाएर ११३ रन बनाउँदै खेल आफ्नो पोल्टामा पार्न सफल बनेको थियो।

टस जितेर फिल्डिङ सम्हालेको तलावाजको तर्फबाट सन्दीपले एक विकेट लिए। साथै फिडेल एडवर्ड र मुजिव उर रहमानले समान ३÷३ विकेट लिएका थिए।

इता ब्याटिङ सम्हालेको अमेजनका तर्फबाट रोस टेलरले २३ रनको योगदान दिए भने नविन उल हकले २० रन बनाए। अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

त्यस्तै तलावाजका नक्रुमह बोन्नेरले अविजित ३० रन बनाउँदा ग्लेन फिलिप्सले २६ रन साथै जर्मिनाइ ब्याकवुड र आन्दै रसेलले समान २३ रन बनाए।

अमेजनका नविन उल हकले दुई विकेट लिए। राउन्ड रोविनमा दोस्रो जितसहित अतलावाज ४ अंकका साथ चौथो स्थानमा छ।

प्रकाशित: Aug 26, 2020| 07:38 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।