शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भीआईपीबाटै संक्रमण जोखिम, लगाउँदैनन् मास्क, टेर्दैनन् निषेधाज्ञा

भीआईपीबाटै संक्रमण जोखिम, लगाउँदैनन् मास्क, टेर्दैनन् निषेधाज्ञा

कोरोना संक्रमण जोखिम बढेपछि कर्णालीका सात जिल्लामा निषेधाज्ञा लगाइएको छ। तर भीआईपी (मन्त्री र सांसद) हरुलाई निषेधाज्ञाले छेकेको छैन।
 |  मंगलबार, भदौ ९, २०७७
nespernesper

देव राना

देव राना

मंगलबार, भदौ ९, २०७७

सुर्खेत– कोरोना संक्रमण जोखिम बढेपछि कर्णालीका सात जिल्लामा निषेधाज्ञा लगाइएको छ। तर भीआईपी (मन्त्री र सांसद) हरुलाई निषेधाज्ञाले छेकेको छैन।

triton college

उनीहरू कोरोना संक्रमणको जोखिम बढाउने गरी गाउँ दौडाहामा सक्रिय हुँदा गाउँले समेत त्रासमा छन्।

पीसीआर परीक्षण नै नगरी गाउँगाउँ पुगेका भीआईपीकै कारण कोरोना संक्रमण फैलिने जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन्। भीआईपीको सजगताबिना कोरोना रोकथाम असम्भव रहेको उनीहरूको भनाइ छ।

उदाहरण १

केही दिनअघि हुम्लाको ताजाकोट गाउँपालिकाको बाढीपहिरोले पु¥याएको क्षति अवलोकन गर्न कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक मन्त्री दल रावल र कर्णाली योजना आयोग सदस्य डा. दीपेन्द्र रोकायसहितको टोली घटनास्थल पुग्यो।
मन्त्रीहरुले धेरथोर भाषण गरे। सहभागी कसैले न मास्क प्रयोग गरे न त सामाजिक दुरी कायम गरियो।

Metro Mart
vianet

उदाहरण २

कर्णाली प्रदेशसभाका सांसद गुलाबजंग शाह शनिबार सल्यानका विभिन्न बाढीपीडित बस्तीमा पुगे। राहतको पर्खाइमा बसेका बाढीपीडितहरु सांसद पुगेपछि हुल जम्मा भयो। तर कोरोना महमारीलाई कसैले ख्याल गरेनन् ।

उदाहरण ३

गत बुधबार पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता तप्तबहादुर विष्ट चौकुने गाउँपालिका–५ मायाताल पुगे।
कोरोना महामारीमा पार्टीको सक्रिय सदस्यता वितरण तथा कार्यकर्ता भेटघाटमा त्यहाँ पुगेका टोलीले न मास्क प्रयोय गरे न त सामाजिक दुरी कायम गर्यो।
बरु अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकालाई अबिर लगाउँदै सक्रिय सदस्यता थम्पाए।

उदाहरण ४

शनिबार कालिकोट खाँडाचक्र नगरपालिका वडा नं २ मा भूपेन्द्रजंग शाहीले कार्यकर्ता भेला गरे। सहभागीले मास्क र सामाजिक दुरी कायम गरेनन्। अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकालाई निधारमा अबिरसमेत लगाए।

उदाहरण ५

मुगुको छायानाथ रारा नगरपालिकाले गत आइतबार गरिब, दलित तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण ग¥यो। तर नगरप्रमुख हरिशजंग शाहीलगायतले मास्क नै प्रयोग गरेनन्। कार्यक्रममा न सामाजिक दुरी कायम गरियो। कोरोना संक्रमणका बीच नगर प्रमुख शाहीले छात्रवृत्ति रकम उपलब्ध गराएको पत्र हातमै थम्याए।

यी उदाहरण घटना कोरोना संक्रमण जोखिम बढाउने केही प्रतिनिधि मात्रै हुन्। कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै कर्णालीका पश्चिमरुकुम, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, मुगु र जुम्लामा निषेधाज्ञा लगाइएको छ। तर भीआइपी (मन्त्री, सांसद नेता कार्यकर्ता) हरुलाई भने निषेधाज्ञाले छेकेको छैन।

प्रदेश सरकारका मन्त्री, सांसददेखि नेकपा र कांग्रेसका नेता कार्यकर्ता सक्रिय भएका छन्। पीसीआर परीक्षण नै नगरी गाउँगाउँ पुगेका भीआईपीकै कारण कोरोना संक्रमण फैलिने जोखिम बढेको छ।

भीआईपीका गतिविधिका कारण संक्रमण तीव्र रुपमा फैलिन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन्।

‘कोरोना नियन्त्रण र रोकथामका लागि स्वास्थ्यकर्मी रातदिन खटिएका छन्। राज्यले करोडौं सम्पत्ति खर्चिएको छ’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्मर खड्का भन्छन्, ‘नियमकानुन सबैलाई बराबर हुनुपथ्र्याे तर भीआईपीको गतिविधिका कारण संक्रमण फैलिने जोखिम दोब्बर छ।’

भीआईपी पुगेको ठाउँमा सयौं नागरिक भीड हुने भएका कारण दोब्बर रुपमा संक्रमण फैलिने उनको तर्क छ।

‘भीआईपी संक्रमित नहोला तर भीडमा आउने एक जना मात्रै संक्रमित भएको सबैलाई फैलिन्छ’, खड्का भन्छन्, ‘भीआईपीको सजगताबिना कोरोना रोकथाम असम्भव छ।’

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी भने कोरोना रोकथाम तथा नियन्त्रणका लागि राजनीतिक दलहरु सचेत हुनुपर्ने बताउँछन् ।

‘कोरोना संक्रमण फैलिने कुनै पनि गतिवधि नगर्न नगराउन ‘सम्बन्धित स्थानीय तह र वडालाई नै निर्देशन गरेका छौं’, रेग्मीले भने, ‘जानकारी भएसम्म राजनीतिक दलका गविविधि रोक्ने र महामारीमा भीडभाड गर्नेलाई कारबाही गर्छाैं।’

प्रकाशित: Aug 25, 2020| 16:20 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।