बुधबार, चैत ४, २०८२

५ महिनापछि जेलबाट छुटे रोनाल्डिन्हो

पराग्वे अदालतले फर्जी पासपोर्टको सम्बन्धमा ब्राजिलका पूर्वफुटबलर रोनाल्डिन्होलाई पाँच महिना हिरासतमा राखेपछि रिहा गरेको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

पराग्वे– पराग्वे अदालतले फर्जी पासपोर्टको सम्बन्धमा ब्राजिलका पूर्वफुटबलर रोनाल्डिन्होलाई पाँच महिना हिरासतमा राखेपछि रिहा गरेको छ।

National life

जज गुस्तावो अमरिल्लाले रानाल्डिन्होका भाइ रोवर्ट डि आसिससहित दुवैलाई हिरासतबाट रिहा गरेका हुन्।

दुवै दाजुभाइ पाँच महिनाअघि पराग्वेको राजधानी असुन्सियाको पालमारोगा होटेलमा हाउस एरेस्ट भएका थिए। पाँच महिनापछि रिहा भएका उनीहरू दुई जनाले दुई लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ।

त्यस्तै, स्थायी ठेगाना परिवर्तन गरेमा रोनाल्डोले अदालतमा जानकारी दिनुपर्ने भएको छ। उनले विश्वभर यात्रा गर्न भने पाउनेछन् तर स्थायी ठेगाना परिवर्तन गरेमा भने अदालतमा जानकारी दिनुपर्ने छ। उनीमाथि जरीवाना बाहेक अन्य कुनै प्रतिबन्ध लाइएको छैन।

यता रोनाल्डिन्होका भाइ आसिसको सजाय भने सशर्त फुकुवा गरिएको अदालतले बताएको छ। जर्ज गुस्तावले उनीहरुको मुद्दा खारेज नभएको भन्दै आसिसलाई ब्राजिल पुगेर जजअघि पेस हुनुपर्ने छ भने उनी दुई वर्षका लागि निलम्बित भएका छन्। उनी हरेक ४ महिनामा ब्राजिलका जजसामु उपस्थित हुनुपर्ने छ र उनको आपराधिक रेकर्ड चेक हुनेछ।

Laxmi sunrise bank
kumari

रोनाल्डिन्होले भने कुनै सजाय भोग्नुपर्ने छैन। रोनाल्डिन्हो गत मार्चमा एक चिल्ड्रेन च्यारिटीमा सहभागी हुन भाइका साथ पराग्वे पुगेका थिए। उनीहरुलाई प्रहरीले उनीहरू बसेको होटेलबाटै नियन्त्रणमा लिएको थियो।

रोनाल्डिन्होले पेरिस सेन्ट जर्मेन (पीएसजी), बार्सिलोना र इन्टर मिलानलगायत टिमबाट फुटबल खेलेका थिए भने उनी ब्राजिल राष्ट्रिय फुटबल टोलीको महत्वपूर्ण खेलाडी थिए। उनले सन् २०१८ मा फुटबल जीवनबाट संन्यास लिएका थिए।

– एजेन्सी

प्रकाशित: Aug 25, 2020| 15:53 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।