सोमबार, असार २२, २०८३

नवौं राष्ट्रिय खेलकुद आगामी फागुन ६ देखि १६ गतेसम्म

नवौं राष्ट्रिय खेलकुद आगामी फागुन ६ देखि १६ गतेसम्म हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यो मिति प्रस्ताव गरेको हो।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं– नवौं राष्ट्रिय खेलकुद आगामी फागुन ६ देखि १६ गतेसम्म हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यो मिति प्रस्ताव गरेको हो।

परिषद् सदस्यसचिव  रमेशकुमार सिलवालका अनुसार नवौं राष्ट्रिय खेलकुद पोखरामा हुनेछ। यसका लागि गण्डकीका मुख्यमन्त्रीसँग कुरा भइसकेको उनले बताए। गत वर्ष नै हुनुपर्ने राष्ट्रिय खेलकुद कोरोना महामारीका कारण रोकिएको थियो।

नेपाली खेलाडी म्याराथन धावक गोपीचन्द्र पार्कीलाई बर्लिन म्याराथनका लागि मंगलबार विदाइ गर्दै सदस्यसचिव सिलवालले भने, ‘अब हामी नवौं राष्ट्रिय खेलकुदको तयारीमा छौं। हिजो सोमबारमात्र मैले गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग भेटघाट–कुराकानी भगरेको छु।’

अहिले युवा तथा खेलकुद मन्त्रालय मन्त्रीविहीन छ। त्यसैले खेलकुदको सर्वोच्च निकाय राखेपमा सिलवाल छन्। मन्त्री नियुक्त हुनेबित्तिकै उनले खेलकुदको तयारी थप अघि बढ्ने जनाएका छन्।

सदस्य सचिवका अनुसार अब राखेपले खासखास खेलाडी छनोट गरेर बन्द प्रशिक्षणमा राख्नेछ। ती खेलाडीको छनोट पनि आउँदो राष्ट्रिय खेलकुदले नै गर्नेछ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीले अर्को वर्ष चीनमा हुने एसियन खेलमा सहभागी हुन पाउनेछन। एसियन गेम्स सकिनेबित्तिकै नेपाली खेलाडीहरु साग गेम्सको तयारीमा लाग्ने छन्।

साग गेम्स आउँदो २०२३ को मार्चमा पाकिस्तानमा हुनेछ। ‘यसरी तालिका मिलाएर नियमित रुपले वैज्ञानिक ढंगले प्रशिक्षण र प्रतियोगिता भयो भने नतिजा आउँछ। हाम्रो खेलाडीसँग नतिजा निकाल्ने क्षमता छ र हाम्रा प्रशिक्षकसँग पनि त्यो क्षमता छ,’ उनले भने।

प्रशिक्षक र खेलाडीलाई कसरी योभन्दा सक्षम बनाउने भन्ेमा राखेपको ध्यान रहेको उनले बताएका छन्। उनले पछिल्लो ओलम्पिकमा एथ्लेटिक्सतर्फ राम्रो नतिजा ल्याएको केन्यासँग सहकार्य गरेर नेपालले एथ्लेटिक्स खेलाडीलाई एक्सपोजरका लागि त्यसतर्फ पठाउनेबारे एथ्लेटिक्स संघसँग सहकार्य गरिरहेको जानकारी दिए।

प्रकाशित: Sep 21, 2021| 12:07 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।