काठमाडौं- त्रिकोणात्मक सिरिज र दुई मैत्रीपूर्ण खेलका लागि ओमनमा रहेको नेपाली टिम स्वदेश फर्किएको छ।
नेपाली टिम आज (मंगलबार) बिहान स्वदेश फर्किएको हो। नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले आज बिहान नेपाली टिमलाई त्रिभुवन विमानिस्थलमा स्वागत गरेका छन्।
नेपालले ओमन भ्रमणका दौरान ६ खेल खेलेको छ। जसमा नेपाली टिमले चार खेलमा जित निकालेको छ भने दुई खेलमा पराजय बेहोरेको छ।
पछिल्ला तीन खेलमा जिन निकाल्दै आएको नेपाली टिमले अमेरिकासँगको पछिल्लो खेलमा हार बेहोरको थियो।

त्यस्तै, पछिल्ला तीन खेलमा हारको सामना गरे पनि अन्तिम खेलमा नेपालले ओमसँग जित निकालेको छ।
यसकारण नेपालले त्रिकोणात्मक सिरिजका चार खेलमध्ये दुई खेलमा जित निकाल्यो भने एक दुई खेलमा नै हार बेहोर्यो।
यो सिरिजबाट नेपाल आठ खेलबाट आठ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। यसअघि नेपाल छैटौं स्थानमा थियो। यता तीन खेलमा जित निकालेको घरेलु टिम ओमन भने २२ अंकका साथ शीर्षस्थानमा छ।
त्यस्तै, दोस्रो स्थानमा रहेको अमेरिकाले १६ खेलबाट १४ अंक बनाएको छ। अहिले तालिकामा ९ अंक बनाएको स्कटल्यान्ड तेस्रो स्थानमा छ भने नामिबिया र यूएई क्रमशः पाँचौँ र छैटौं स्थानमा छ। सात देश सम्मिलित लिग २ मा पपुवा न्युगिनी पुछारमा छ।
लिग २ को अर्को सिरिजमा अब अल अमरेत मैदानमा घरेलु टिम ओमनले पपुवा न्युगिनी र स्टल्यान्डसँग त्रिकोणात्मक सिरिज खेल्नेछ। यो सिरिजको पहिलो खेलमा स्कटल्यान्डले पपुवा न्युगिनीसँग खेल्नेछ। नेपाली टिमा प्रशिक्षक डेव वाटमोर भने ट्रेनरसँगै भारत प्रस्थान गरेका छन्।
