बिहीबार, भदौ ११, २०८३

पोर्न स्टार स्ट्रोमीलाई राष्ट्रपति ट्रम्पले ५१ लाख रुपैयाँ दिनुपर्ने

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पोर्न स्टारलाई ४३ हजार डलर अर्थात् झण्डै साढे ५१ लाख रुपैयाँ तिर्नुपर्ने भएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पोर्न स्टारलाई ४३ हजार डलर अर्थात् झण्डै साढे ५१ लाख रुपैयाँ तिर्नुपर्ने भएको छ।

अमेरिकाको एक अदाललते ट्रम्पविरुद्ध यस्तो आदेश जारी गरेको हो।

स्ट्रोमी डेनियल्स नामकी पोर्न स्टारले ट्रम्पसँग आफ्नो प्रेम सम्बन्ध रहेको र यो ट्रम्पले इन्कार गर्दै आएको भन्दै अदालतमा मुद्दा हालेकी थिइन्।

सीएनएनका अनुसार ४१ वर्षीय स्ट्रोमीले हालेको उक्त मुद्दा रद्ध भए पनि ट्रम्पले क्षतिपूर्ति दिनुपर्ने भएको हो ।

क्यालिफोर्निया अदालतले मुद्दाका क्रममा स्ट्रोमीले गरेको खर्च ४३ हजार डलर ट्रम्पले चुकाउनुपर्ने आदेश दिएको छ।

स्ट्रोमीले अदालतलको यो फैसलापछि आफ्नो जित भएको भन्दै ट्वीट गरेकी छन्।

अदालतमा लामो समय चलेको स्ट्रोमीको मुद्धासँगसँगै उनले ट्रम्पसँग सम्बन्ध रहेको कुराबारे चर्चा गर्दै एक पुस्तक प्रकाशित गरेकी थिइन्।

यो पुस्तक अमेरिकालगायत विभिन्न देशमा राम्रै बिक्रि भएको थियो।

स्ट्रोमीले ट्रम्पसँग आफ्नो प्रेम सम्बन्ध रहेको र यसबारे केही नबोल्नका लागि ट्रम्पले पैसा दिएको बताएकी थिइन्।

उनका अनुसार सन् २००६ मा ट्रम्प सम्बन्ध थियो। ट्रम्पले भने यो कुरा अस्वीकार गर्दै आएका छन्।

प्रकाशित: Aug 23, 2020| 14:35 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।