सोमबार, असार २२, २०८३

हारबाट जोगियो बार्सिलोना

स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगाको सोमबार राति सम्पन्न खेलमा क्याटलान क्लब बार्सिलोना हारबाट जोगिएको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं– स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगाको सोमबार राति सम्पन्न खेलमा क्याटलान क्लब बार्सिलोना हारबाट जोगिएको छ।

घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोना र ग्रानाडाले १–१ गोलको बराबरी खेलेका हुन्।

बार्सिलोनाको मैदानमा पाहुना टिम ग्रानाडाले खेलको दोस्रो मिनेटमै अग्रता बनाएको थियो। ग्रानाडाका गोमिन्गोस डौरटेले गोल गर्दै अग्रता बनाएका थिए।  यससँगै बार्सिलोना पहिलो हाफमा एक गोलले पछि थियो।

दोस्रो हाफमा लामो समय बार्सिलोनाले गोल गर्न सकेन। तर, खेलको ९०औं मिनेटमा रोनाल्ड अराउजोले गोल गर्दै खेललाई बराबरी गरेका थिए। खेल अवधिभर ७८ प्रतिशत समय बलमा नियन्त्रण बनाएर विपक्षीको पोस्टतर्फ १७ प्रहार गरे पनि बार्सिलोनाले गोलका अवसर गुमाएको थियो।

तर, अन्तिममा बराबरी गरेसँगै बार्सिलोना अहिले अंक तालिकाको सातौं स्थानमा छ। यसले चार खेलबाट ८ अंक बनाएको हो। प्रतिस्पर्धी ग्रनाडा भने रेलिगेसन जोनभन्दा एक स्थान माथि छ।

प्रकाशित: Sep 21, 2021| 08:21 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।