बिहीबार, भदौ ११, २०८३

लकडाउनको कमाल : घुम्दाघुम्दै भेट, प्रेम अनि बिहे

प्रेम कसरी, कोसँग, कहाँ हुन्छ कुनै टुंगो हुँदैन। स्पेनका युवक र अमेरिकी युवती घुमघामको शिलशिलामा केही समयअघि भारत पुगेका थिए।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

एजेन्सी- प्रेम कसरी, कोसँग, कहाँ हुन्छ कुनै टुंगो हुँदैन।

स्पेनका युवक र अमेरिकी युवती घुमघामको शिलशिलामा केही समयअघि भारत पुगेका थिए। दिल्लीमा उनीहरुको भेट भयो, दोस्ती भयो। सँगै घुम्न लागे। एकअर्कालाई मन पराउन थाले। अन्ततः बिहे गर्ने निर्णयमा पुगे।

उत्तराखण्डको रुद्रप्रयागबाट २६ किलोमिटर टाढा बाँसवाडामा गाउँलेहरुको सहयोगमा उनीहरुले हिन्दु रीतिरिवाजअनुसार बिहे गरेका छन्।

यो विदेशी जोडीको सात समुद्र पारी बिहे गर्नु एउटा रोचक ‘लभ स्टोरी’ सहित संयोग पनि बन्यो।

भारत घुमघाम गर्दागर्दै कोरोना भाइरसको महामारीका कारण लकडाउन भयो। लकडाउनकै बीचमा उनीहरुको भेट भयो। भेट भएपछि सँगै घुम्न थाले। विस्तारै विस्तारै दुबैजनाको पैसा सकिन लाग्यो। त्यसपछि उनीहरु पैदल घुम्न लागे। यो बीचमा उनीहरुको घनिष्ठता विस्तारै झाँगिदै गयो।

झाँगिएको घनिष्ठता प्रेममा रुपान्तरित हुँदै बिहेसम्म पुग्यो।

लकडाउनको समयमा खाने बस्ने ठेगान नभएका उनीहरु हिँड्दा हिँड्दै जहाँ पुग्थे त्यतै सस्तो खालको होटेल वा घर खोजेर बास बस्थे। गत हप्ता उनीहरु ऋषिकेश पुगे।

बुधबार रुद्रप्रयाग हुँदै बाँसवाडा पुगे। त्यहाँ उनीहरुले एक सामाजिक कार्यकर्तासँग भेट भए। उनीहरुले आफूहरु प्रेममा परेको भन्दै बिहेका लागि इच्छुक भएको कुरा सुनाए। सामाजिक कार्यकर्ता अमित सजवाणको नेतृत्वमा स्थानीयहरुले उनीहरुको बिहेका लागि सहयोग जुटाए।

सेजल नामका स्पेनिस युवक पेशाले व्यवसायी हुन्। अमेरिकी युवती मेरिक आफ्नो पढाई पुरा गरेर भारत घुम्न पुगेकी हुन्। आजतक

हिंदू रीति-रिवाज से हुई सीजल-मेरिक की शादी (Photo Aajtak)

हिंदू रीति-रिवाज से हुई सीजल-मेरिक की शादी (Photo Aajtak)

हिंदू रीति-रिवाज से हुई सीजल-मेरिक की शादी (Photo Aajtak)

प्रकाशित: Aug 23, 2020| 14:00 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।