सोमबार, माघ ५, २०८२

एसियन कप छनोटमा हङकङविरुद्ध मैदान उत्रँदै नेपाली महिला टिम

नेपाली महिला फुटबल टिमले आज एसियन कप महिला छनोटअन्तर्गतको क्वालिफायर राउन्डमा नेपालले दोस्रो खेल खेल्दैछ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- नेपाली महिला फुटबल टिमले आज एसियन कप महिला छनोटअन्तर्गतको क्वालिफायर राउन्डमा नेपालले दोस्रो खेल खेल्दैछ।

National life

नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुने खेलमा नेपालले हङकङको सामना गर्न लागेको हो। उज्वेकिस्तानको जेएआर रंगशालमा हुने खेलमा नेपालले हङकङविरुद्ध जितको लक्ष्यका साथ मैदान उत्रने छ।

तर, यसअघिका नेपाल र हङकङको भेट नेपाली टिमका लागि सम्झनलायक भने छैन। त्यो किनभने नेपालले यसअघि हङकङविरुद्ध दुई खेल खेल्दा दुबैमा हार बेहोरेको थियो।

सन् १९८६ मा भएको पहिलो भेटमा हङकङसँग १–० गोलको हार बेहोरेको थियो भने सन् १९८९ मा भएको दोस्रो भेटमा नेपाल ३–० ले पराजित भएको थियो।

तसर्थ, आज नेपाली टिमलाई ती दुई खेलको बदला लिने अवसर हुनेछ। र, नेपाललाई ती हारको शृंखलामा विराम लाउन अवसर पनि हुनेछ। नेपाली टिमले हङकङविरुद्ध जित निकाल्न सकेको अवस्थामा नेपालको वरियतामा सुधार हुनेछ।

Laxmi sunrise bank
kumari


किनेभने अहिले नेपाल १०१औं स्थानमा छ भने हङकङ ७६औं स्थानमा छ। त्यसैले हङकङको टिम नेपालभन्दा अहिले पनि बलियो टिमका रूपमा छ।

यता नेपालले सोही छनोटको पछिल्लो खेलमा हार बेहोरिसकेको छ। नेपालले खेलको १०औं मिनेटमा अग्रता बनाएर ८९औं मिनेटसम्म अग्रता कायम राखे पनि अन्तिमका दुई मिनेट सम्हालिन नसक्दा नेपालले २–१ गोलको हार बेहोरेको थियो।

समूह एफमा नेपालसहित फिलिपिन्स र हङकङ छन्। नेपालले पहिलो खेलमा फिलिपिन्ससँग हार बेहोरेको हो। त्यसैले नेपाललाई अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुन दबाब छ।

यदि नेपालले आजको खेलमा जित निकाल्न सके झिनो आशा बाँकी हुनेछ। तर समूह विजेता एक टिम मात्र एसियन कपमा पुग्नेछ। बरिएताका हिसाबले नेपाल तीन देखमध्ये कमजोर टिम पनि हो। फिलिपिन्स वरियताको ६८ औं स्थानमा छ। नेपालले हङकङविरुद्ध ३२ व वर्षपछि खेल्न लागेको हो। यसअघि दुई देश सन् १९८९ मा आम्नेसाम्ने भएका थिए।


प्रकाशित: Sep 21, 2021| 07:55 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।