सोमबार, असार २९, २०८३

सन्दीपको २ विकेटले जोगाएन तल्लावाजको हार

क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तल्लावाज १४ रनले पराजित भएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

शनिबार राति सम्पन्न क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तल्लावाज १४ रनले पराजित भएको छ।

गुएना अमेजन वारियर्सबिरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र ८ विकेटको क्षतिमा दुई विकेट लिए पनि तल्लावाजको हार जोगाउन सकेनन्।

टस जितेर फिल्डिङ सम्हालेको तल्लावाजले ११९ रनको लक्ष्य पाएको थियो। पहिलो इनिङमा सन्दीपले २, कार्लोस ब्रेथवेट र मुजिव उर रहमानले समान ३/३ विकेट लिएका थिए।

गुएना अमेजनले निर्धारित ओभरमा ५ बल बाँकी छदै अलआउट भएर १ सय १८ रन बनायो। जहाँ ब्रान्डन किंगले सर्वाधिक २९ रन बनाए भने अरुले उल्लेख्य प्रर्दशन गर्न सकेनन् ।

जवाफी ब्याटिङमा आएको तल्लावाज पुरा ओभर खेल्दै ७ विकेट गुमाएर १०४ रनमा समेटिएपछि जित गुएनाको पोल्टामा परेको हो।

प्रतियोगितामा तल्लावाजको लगातार दोस्रो हारसमेत हो। उसले तीन खेलमा २ मात्र जित निकाल्न सकेको छ।

नेपालका बलर सन्दीपले तीन खेलमा ४ विकेट लिएका छन्।

प्रकाशित: Aug 23, 2020| 07:23 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।