बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • १३ औं सागमा ब्याडमिन्टन खरिदमा भएको अनियमितताबारे छानबिन सुरु

१३ औं सागमा ब्याडमिन्टन खरिदमा भएको अनियमितताबारे छानबिन सुरु

१३ औं सागमा ब्याडमिन्टन खरिदमा भएको अनियमितताबारे छानबिन गर्न गठित उपसमितिले काम थालेको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं– १३ औं सागमा ब्याडमिन्टन खरिदमा भएको अनियमितताबारे छानबिन गर्न गठित उपसमितिले काम थालेको छ। ‘१३ औँ साग ब्याडमिन्टन खेल सामग्री खरिद वितरणमा अनियमितता तथा अनियमित रुख कटानसम्बन्धी छानबिन उपसमिति’ले आज(शनिबार) जुम मिटिङ गर्दै छानबिन प्रारम्भ गरेको हो।

National life

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गत साउन ३२ गते अनियमितताबारे छानबिन गर्न परिषद् सदस्य गोविन्दप्रसाद भट्टराईको संयोजकत्वमा गठित ५ सदस्यीय उपसमिति गठन गरेको थियो। उपसमितिमा महेन्द्रकुमार राई, अर्जुन बिक, नारायण अर्याल र पाशाङ शेर्पा सदस्य छन्।

ब्याडमिन्टनका खेलाडीले १३ औं सागमा जुत्ता नपाएको, खेल पोशाक, म्याट र खेल सामग्री गुणस्तर नभएको भनि राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललाई उजुरी गरेका थिए। सोही सन्दर्भमा परिषद् सदस्य सुभाष भुषालले सार्वजनिक अभिव्यक्ति दिएपछि युवा तथा खेलकुद मन्त्रालयले साउन २९ गते राखेपलाई छानबिनका लागि पत्र पठाएको थियो।

सोही पत्रका आधारमा सदस्य सचिव सिलवालले छानबिन उपसमिति गठन गरेका थिए। उपसमितिले ब्याडमिन्टनको अनियमितताका साथै सातदोबाटोस्थित रुख काटिएको र बिक्री गरिएको भन्ने आरोपबारे पनि अध्ययन गर्ने जिम्मेवारी पाएको छ।

परिषदबाट प्राप्त कार्यादेशबमोजिम आज बसेको उपसमितिको बैठकबाट छानबिनलाई विभिन्न चरणहरुमा बाँडेर अगाडि बढ्ने र सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरिएको समिति अध्यक्ष भट्टराईले बताएका छन्।

Laxmi sunrise bank
kumari

साथै, समितिले सरोकारवालाले उल्लेखित छानबिनसम्बन्धी गुनासो, सुझाव, निवेदनलगायत प्रमाण कागजात पेश गर्न सात दिन (भदौ १२ गतेसम्म) को समय दिने निर्णय गरेको छ।

प्रकाशित: Aug 22, 2020| 18:39 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।