सोमबार, असार २२, २०८३

आईपीएलमा कोलकत्ताले बेंग्लोरलाई ९ विकेटले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार रातिको खेलमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेग्लोरमाथि सानदार जित निकालेको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार रातिको खेलमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेग्लोरमाथि सानदार जित निकालेको छ।

यूएईको अबुधाबी रंगशालामा भएको खेलमा टस हारेर फिल्डिङको अवसर पाएको कोलकत्ताले बेग्लोरमाथि ९ विकेटको जित निकालेको हो।

यता टस जितेर ब्याटिङ राजेको बेग्लोर एक ओभर बाँकी रहँदै पुरा विकेट गुमाएर ९२ रनमा समेटिएको थियो। बेग्लोरविरुद्ध कोलकत्ताका वरुण चक्रवर्ति र आन्द्रे रसेलले समान ३–३ विकेट गिराए भने लकी फग्र्युसन र प्रशिद कृष्णले २ र १ विकेट लिए।

पहिला पारीमा बेंग्लोरका देवदत्त पडिक्कलले २२, शृकर भाटले १६, हर्षल पटेलले १२ र ग्लेन म्यास्कवेलले १० रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झालायक प्रदर्शन नै गरेनन्।

यता जवाफी ब्याटिङमा कोलकत्ताका शुभमन गिल अर्थसतक बनाउन दुई रनले चुके भने भेङ्कटेस अयरले अविजित ४१ रन बनाए। उनीहरूले ८२ रनको साझेदारी गरेका थिए।

बेग्लोरका युजवेन्द्र चहलले एक विकेट गिराए। यो जितसँगै ७ खेलबाट छ अंक जोडेको कोलकत्ता तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। 

बेग्लोलोर १० अंकका साथ तेस्रो स्थानमा छ। शीर्ष दुईमा रहेका चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटलको समान १२–१२ अंक छ। आईपीएलमा आज पञ्जाब किंग्स र राजस्थान रोयल्स भिड्दैछन्।

प्रकाशित: Sep 21, 2021| 07:16 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।