आइतबार, फागुन २४, २०८२

नयाँ प्रतिबन्धले तालिबानमा महिला थप आक्रोशित

अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ।
 |  मंगलबार, असोज ५, २०७८

एएफपी

एएफपी

मंगलबार, असोज ५, २०७८

काबुल- अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ। सोमबार तालिबानले महिलाहरूको अधिकार र स्वतन्त्रतामा  थप कडा पार्दै जाने संकेत गरेको छ। 

National life

महिलाहरूलाई काममा पहुँच कम गर्ने र केटीहरूलाई विद्यालय जानबाट रोक्ने लगायतका कदमहरू  चाल्न थालिएको छ।  तालिबानको विगतको शासन  क्रूर एवं दमनकारी रहेकाले यस पटक उनीहरूले स्वतन्त्रता र उदारतालाई प्राथमिकता दिने गरेको घोषणा पनि क्रमशः लागू नहुने र विगतको जस्तै कठोर शासन सञ्चालन गर्ने संकेत तालिबानले दिएको छ। 

परराष्ट्र मन्त्रालयकी वरिष्ठ  अधिकृतले सेवाबाट बर्खास्तीमा परेपछि आफूहरू ठूलो पीडामा परेको  बताएकी छिन्। उक्त मन्त्रालयमा काम गर्ने थुप्रै महिलाहरूले जागिर गुमाउनु परेको छ।  जसले महिलाहरूले मरेतुल्य हुनु परेको टिप्पणी गरेका छन्। 

यसैगरी राजधानी काबुलको एक नगरपालिकाका मेयरका अनुसार त्यहाँ कार्यरत महिला कर्मचारीको स्थानमा अब छिट्टै पुरुष कर्मचारी  भर्ना गरिनेछ। शिक्षा मन्त्रालयले पछिल्ला दिनहरूमा पुरुष शिक्षक र विद्यार्थीहरूलाई मात्र अध्ययन अध्यापनमा फर्किन आग्रह गरेको छ। यद्यपि नयाँ शासकहरूले यस किसिमको औपचारिक नीतिको घोषणा भने गरेका छैनन्। शुक्रबार सबै पुरुष कर्मचारी उपस्थित भएर  पूर्व  सरकारको महिला मामिला मन्त्रालय बन्द गरिएको छ।  यस्ता कदमले सबै महिलाहरू  भयभीत भएका छन्।  उनीहरू  अब राम्रो रोजगारी नपाउने चिन्ताले छट्पटिएका छन्। 

 देशमा बिग्रदै गएको स्वास्थ्य अवस्था र  बाह्य सहयोगको कटौतीले  चिन्तित बन्दै गएको  विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेसुस तालिबान नेतृत्वसँगको वार्ता अघि सोमबार काबुलमा  पुगेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 21, 2021| 06:33 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।