शुक्रबार, कात्तिक २८, २०८२

बागमतीका मन्त्री सुवेदीले माला र उपहार नलिने घोषणा

बागती प्रदेश सरकारबाट जारी गरिएको मन्त्री तथा पदाधिकारीहरूको आचारसंहिता, २०७८ को अधीनमा रहेर उक्त आचारसंहिता लागु गरिएको हो।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

चितवन- बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले पहिलो पटक आफ्नै आचारसंहिता जारी गरेका छन्। बागती प्रदेश सरकारबाट जारी गरिएको मन्त्री तथा पदाधिकारीहरूको आचारसंहिता, २०७८ को अधीनमा रहेर उक्त आचारसंहिता लागु गरिएको हो। 

National life

बागमती प्रदेश सरकार सामाजिक विकासमन्त्रीको आचार संहिता, २०७८ मा मन्त्री सुवेदीले ३ असोजमा हस्ताक्षर गरी लागू गरेका हुन्। मन्त्रीको कार्यसम्पादनलाई नैतिकता, सदाचार, मीतव्ययी र आचरणयुक्त तुल्याई प्रदेश सरकार र जनताप्रतिको जवाफदेहितामा अभिवृद्धि ल्याउन उनले आचारसंहिता जारी गरेका हुन्। 

मन्त्रीको कार्यसम्पादनलाई व्यवस्थित, योजनाबद्ध, पारदर्शी र प्रभावकारी तुल्याउन पनि आचारसंहिता लागू गरिएको मन्त्री सुवेदीले बताए। आचारसंहितामा मन्त्रीले पालना गर्नुपर्ने १५ वटा बुँदा समेटिएको छ। आचारसंहिताको अनुगमन तथा मूल्यांकन र आवश्यक सुझावका लागि आमसर्वसाधरणलाई अनुरोधसमेत गरिएको छ। आचारसंहिता उल्लंघन भएको पाइएमा सकारात्मक सुझावसहितको जानकारी गराउन उनले आग्रह गरेका छन्।

आमन्त्रित गरिएका कुनै पनि कार्यक्रममा सहभागी हुँदा तोकिएको सयममा पुग्ने कुराको सुनिश्चितता गर्ने, आयोजकबाट फूलको गुच्छाबाहेक अन्य खादा, माला तथा उपहार आदि ग्रहण नगर्ने मन्त्री सुवेदीले प्रतिबद्धता जनाएका छन्। त्यसैगरी कार्यक्रममा सम्बोधन गर्दा तोकिएको समयभित्र निर्धारित विषय वस्तुहरूमा मात्र बोल्ने, कुनै पनि व्यक्ति वा संस्थाबाट व्यक्तिगत तथा पारिवारका सदस्यको प्रयोजनका लागि प्रदान गरिएका कुनै पनि उपहार ग्रहण नगर्ने र मन्त्रीको हैसियतमा नियमअनुसार प्राप्त हुने सुविधाबाहेक अन्य कुनै प्रकारका सेवा सुविधा नलिने आचारसंहितामा उल्लेख गरिएको छ। 

व्यक्तिगत प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग नगर्ने, तोकिएको भन्दा बढी सुरक्षाकर्मी नलिने र सुरक्षाकर्मीलाई निजी काममा परिचालन नगर्ने मन्त्री सुवेदीले जारी गरेको आचारसंहितामा उल्लेख गरिएको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै, मन्त्री पदबाट हट्दाको दिन मन्त्रालयबाट आफूले प्राप्त तथा प्रयोग गरेका सम्पूर्ण भौतिक सुविधाहरू फिर्ता गर्ने र मन्त्री रहेको अवधिमा बुझेको पारिश्रमिकको विवरणसमेत सार्वजनिक गर्ने कुरा आचारसंहितामा समेटिएको छ।

प्रकाशित: Sep 20, 2021| 22:30 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।