बिहीबार, पुस ३, २०८२

राष्ट्रकविकाे राष्ट्रिय बिदाइ (तस्बिरहरू)

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा बुधबार अन्त्येष्टि गरिएको छ।
 |  बुधबार, भदौ ३, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, भदौ ३, २०७७

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा बुधबार अन्त्येष्टि गरिएको छ।

National life

उनको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए। उनको पार्थिव शरीरमा नेपाली सेना र सशस्त्र प्रहरीले अन्तिम सलामी अर्पण गरेका थिए।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै उनलाई अक्सिजन दिएर राखिएको थियो।

वि. संं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेले १४ वर्षको उमेरदेखि साहित्य यात्रा सुरु गरेका थिए। उनलाई २०६० असोज ९ गते तत्कालीन सरकारले राष्ट्रकविको उपाधि दिएको थियो।

उनका गौरी, राजेश्वरी, राष्ट्रनिर्माता लगायतका काव्यकृति प्रकाशित छन्। घिमिरेका गीतहरू पनि निकै चर्चित छन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Aug 19, 2020| 12:38 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।