सुर्खेत- मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा आन्दोलनरत विद्यार्थीहरुले आन्दोलन थप चर्काउने घोषणा गरेका छन्। विश्वविद्यालयले आफूहरुका माग सम्बोधन नगरेको भन्दै संयुक्त विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
जसअन्तर्गत भोलि (१७ गते) विश्वविद्यालयका सम्पूर्ण सवारी साधान अनिश्चितकालीन रुपमा बन्द गर्ने, १८ गते सम्पूर्ण आंगिक क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्ने, १९ गते उपकुलपति, रजिष्ट्रार र परीक्षा प्रमुखको ‘कुकुर अभिनन्दन’ गर्ने र २० गतेदेखि रिले अनशन गर्ने घोषणा गरेका हुन्।
आन्दोलनबाट उत्पन्न हुने भैपरी आउने दुर्घटनाको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालयले लिनुपर्ने स्ववियु सभापति झक्कबहादुर शाहीले जानकारी दिए। अनलाइन माध्यमबाट परीक्षा लिन पाउनुपर्ने, कोरोना अवधिको शैक्षिक शुल्क खारेज गर्नुपर्नेलगायतका १८ बुँदे माग गर्दै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र अखिल छेठौं सम्बद्ध विद्यार्थीहरु आन्दोलनरत छन्।