सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • साताका ७ तस्बिर : कोरोनाले दुई वर्ष रोकिएका परीक्षा सञ्चालनदेखि बागमतीमा 'डाइभ'सम्म

साताका ७ तस्बिर : कोरोनाले दुई वर्ष रोकिएका परीक्षा सञ्चालनदेखि बागमतीमा 'डाइभ'सम्म

शिक्षा व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएपछि यो साता विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। 
 |  शनिबार, साउन १६, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, साउन १६, २०७८

National life

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले करिब २ वर्षदेखि रोकिएका स्नातक तहका परीक्षा साउन १० देखि सञ्चालन गरेको छ। कोरोना संक्रमण कम हुँदै गएपछि शिक्षाशास्त्र, वाणिज्यशास्त्र र मानविकी संकायका परीक्षा परीक्षार्थीको भौतिक उपस्थितिमा नै सुरु भएका हुन्। 

शिक्षा व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएपछि यो साता विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। 

कोरोना संक्रमितको संख्या साउन लागेसँग उकालो चढ्न थालेको छ। यसले जनस्वास्थ्यका क्षेत्रका काम गर्ने निकायलाई भने चिन्तित बनाउन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर सुरु हुने चेतावनी दिएको छ। भारत पठाइएका ४७ वटै नमुनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट भेटिएको र तीन वटा नमुनामा डेल्टा भेरियन्टको पनि उत्परिवर्तन पुष्टि भएको बताएको छ। यसले कोरोना संक्रमणको तेस्रो लहरको चुनौती थपेको भन्दै मन्त्रालयले सचेत रहन आग्रह गरिरहेको छ। 

यो साता राजधानीका विभिन्न स्थानमा पुगेर नेपाल समयले कैद गरेका तस्बिरहरूः

Laxmi sunrise bank
kumari
अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा प्रदर्शन गरिएको नाटक अवलोकन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालगायतका अतिथि।
पशुपति क्षेत्रमा पौडी खेल्नका लागि डाइभ हान्दै एक बालक।
सिद्धिपुरमा खेतमा काम गर्दै कृषक। 
टेकु अस्पतालमा नयाँ भेन्टिलेटर जडान गरिँदै। 
काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह।

 

पाटनबाट आकाशमा देखिएको इन्द्रेणी।


प्रकाशित: Jul 31, 2021| 17:16 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।