शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गण्डकी सरकारको 'हनिमुन' अवधि: आफैंले घोषणा गरेको कार्यक्रम पनि सुरु गर्न सकेन

गण्डकी सरकारको 'हनिमुन' अवधि: आफैंले घोषणा गरेको कार्यक्रम पनि सुरु गर्न सकेन

पोखरेल मुख्यमन्त्री हुने बित्तिकै नयाँ कार्यक्रम घोषणा गर्ने क्रममा महिलामा लाग्‍ने स्तन र पाठेघरको मुखको क्यान्सर नि:शुल्क उपचारको व्यवस्था गर्ने भनेका थिए। तर त्यो कार्यक्रम भने अहिलेसम्म कार्यान्वयन भइसकेको छैन।
 |  सोमबार, असोज ४, २०७८

विभु भुसाल

विभु भुसाल

सोमबार, असोज ४, २०७८

पोखरा- नेपाली कांग्रेसको नेतृत्वमा रहेको चार दलीय गण्डकी प्रदेश गठबन्धन सरकारले सोमबार सय दिन पूरा गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्व तथा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा २०७९ जेठ २९ गते यो सरकार गठन भएको थियो।

National life

सरकार गठन भएको सय दिनमा यसले देखिने गरी कोभिड खोप दिने काममा मात्रै प्रगति गरेको देखिएको छ। मुख्यमन्त्री पोखरेलका अनुसार गण्डकी प्रदेशमा हालसम्म ६ लाख ८५ हजारलाई कोभिड खोपको पहिलो डोज दिइसकिएको छ। 

उनका अनुसार पाँच लाख ९१ हजार जनाले दुबै डोज खोप पाइसकेका छन्। प्रदेशका मनाङ् र मुस्ताङ् जिल्ला नेपालमै पहिलो पूर्ण खोप जिल्ला घोषणा भइसकेका छन्। गत साउन १९ गते प्रदेश सरकारले यी जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेको हो।

प्रदेशबासीलाई खोप उपलब्ध गराउन सरकारले नीति तथा कार्यक्रममा नै समावेश गरेको थियो। गण्डकी सरकारले कोभिडको तेस्रो लहर विरुद्धको पूर्वतयारी गरिएको दाबी गरेको छ। 

पोखरेल मुख्यमन्त्री हुने बित्तिकै नयाँ कार्यक्रम घोषणा गर्ने क्रममा महिलामा लाग्‍ने स्तन र पाठेघरको मुखको क्यान्सर नि:शुल्क उपचारको व्यवस्था गर्ने भनेका थिए। तर त्यो कार्यक्रम भने अहिलेसम्म कार्यान्वयन भइसकेको छैन। उक्त घोषणा कार्यान्वयनको चरणमा रहेको पोखरेलले बताए। 

Laxmi sunrise bank
kumari

यसैगरी हालसम्म बाढी पहिरोको कारण पूर्णरुपमा क्षति भएका घरहरूको पुनर्निमाणका लागि प्रति घर एक लाखका दरले राहत सहयोग उपलब्ध गराउने निर्णय भए अनुरुप विभिन्‍न जिल्लाका जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी एक करोड ३७ लाख उपलब्ध गराइएको सरकारले जनाएको छ। यो रकम मनाङ जिल्लामा प्रति घर थप एक लाखका दरले ७५ लाख रुपैंया उपलब्ध गराएको छ। 

एक सय दिनमा प्रदेशको २० किलोमिटर सडक कालोपत्रे र १० किलोमिटर सडक ग्राभेल गरिएको सरकारको दाबी छ। प्रदेश सरकारका यातायात कार्यालयहरू मार्फत सय दिनको अवधिमा ४४ करोड ५१ लाख ५९ हजार राजश्व संकलन गरिएको छ। 

प्रकाशित: Sep 20, 2021| 17:08 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।