शनिबार, चैत ७, २०८२

२४ घण्टामा १ हजार ९५ संक्रमित थपिए, २२ हजार १९२ जनाले लगाए खोप

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाबाट प्राप्त नतिजा अनुसार पीसीआर परीक्षणबाट ९७५ जना र एन्टिजेन परीक्षणबाट १२० जनामा संक्रमण पुष्टि भएको हो।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं- आइतबार नेपालमा १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार ८१७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। आइतबार कुल परीक्षणको ७.९ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो।

National life

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाबाट प्राप्त नतिजा अनुसार पीसीआर परीक्षणबाट ९७५ जना र एन्टिजेन परीक्षणबाट १२० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ९५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ।

यस्तै उक्त अवधिमा २२ हजार १९२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा पहिलो डोज कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ६२ लाख १५ हजार ६५८ पुगेको  छ भने दुवै डोज लगाउनेको संख्या ५५ लाख ८८ हजार ५१७ जना छ। 

प्रकाशित: Sep 20, 2021| 16:28 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्