शनिबार, चैत ७, २०८२

काठमाडौं जिल्ला साक्षर घोषणा

काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। सोमबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौ- काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। सोमबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्। काठमाडौंमा आयोजित कार्यक्रममा सामाजिक विकासमन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए। 

National life

काठमाडौं जिल्लालाई साक्षर बनाउँदा धेरै खुशी मिलेको भन्दै जिल्लालाई अझै पूर्ण साक्षर बनाउनमा लागि पर्ने बताए। 

‘साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौं, साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौंका संयोजक ज्यूको प्रस्ताव र प्रचलित कानूनबमोजिम काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ रहेकोले काठमाडौं जिल्लालाई आज मिति २०७८ असोज ४ गते सोमबारका दिन साक्षर जिल्ला घोषणा गर्दछु,' काठमाडौं जिल्ला साक्षर घोषणा गर्दै उनले भने, 'साक्षर बनाउँदा आज हामी जुन किसिमको खुशी व्यक्त गरिरहेका छौँ, यसपछाडिका हाम्रा धेरै खुड्किलाहरु पनि छन्। हामीले अरु धेरै कुराहरुलाई लिएर अघि बढ्नुपर्नेछ, त्यसैले अब त्यो भन्दा बाँकीलाई साक्षर बनाउनुपर्नेछ, अहिले ललितपुर शतप्रतिशत साक्षर जिल्ला छ, त्यसैगरी काठमाडौंलाई पनि पूर्ण साक्षर बनाइनेछ।’

शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौति रहेको बताए। श्रोत र साधन पर्याप्त भएपनि यसलाई व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ। 

त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरुलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान अनुरोध गरे। प्राविधिक शिक्षा क्षेत्रमा बढी भन्दा बढी रकम लगानी गर्न अनुरोध गरेका उनले भने, ‘म खास गरी शिक्षा शाखामा काम गर्ने हाम्रा शिक्षा अधिकारीज्यूहरुलाई विशेष निवेदन गर्न चाहन्छु। भोलिको दिनमा हामीले हाम्रो व्यवस्थापनलाई चुस्त बनाउनका लागि स्थानीय पालिकाहरुको महत्वपूर्ण भूमिका रहने भएकोले त्यसैले म सामाजिक विकास मन्त्री ज्यूलाई प्राविधिक शिक्षा क्षेत्रमा धेरै भन्दा धेरै बजेट छुट्याउन अनुरोध गर्दछु।’

Laxmi sunrise bank
kumari

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ। सोही अनुरुप आज काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो।

प्रकाशित: Sep 20, 2021| 16:11 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्