सोमबार, असार २२, २०८३

दुई ठूला रेकर्डको संघारमा विराट कोहली

रोयल च्यालेन्जर्स बैंगलोरका ब्याट्सम्यान विराट कोहलीले आईपीएलको यो सिजन सकिएसँगै लागु हुनेगरी कप्तानीबाट राजीनामा दिएका छन्।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं– रोयल च्यालेन्जर्स बैंगलोरका ब्याट्सम्यान विराट कोहलीले आईपीएलको यो सिजन सकिएसँगै लागु हुनेगरी कप्तानीबाट राजीनामा दिएका छन्। राजीनामा दिएपछि उनी आज सोमबार पहिलोपटक आईपीएल खेल्दैछन्। आज राति पौने ८ बजे हुने खेलमा कोहलीको प्रतिस्पर्धीको रुपमा २०१४ विजेता कोलकत्ता नाइट राइडर्स हुनेछ।

यी दुवै क्लब जितको लक्ष्यका साथ मैदान उत्रनेछन्। यसक्रममा कोहलीका लागि व्यक्तिगत दुई रेकर्ड बनाउने अवसर पनि हुनेछ।

यो खेल कप्तान विराटका लागि आफ्नो २०० औं आईपीएल खेल हुनेछ। त्यसैले कुनै एक टिमका लागि दुई सय खेल खेल्ने विराट एक्ला आईपीएल खेलाडी हुनेछन्। उनीअघि विभिन्न क्लबबाट २०० खेल खेल्ने महेन्द्र सिंह धोनी, दिनेश कार्तिक, रोहित शर्मा र सुरेश रैना छन्।

यता उनी अर्को रेकर्डको पनि नजिक छन्। आजको खेलमा विराटले ७१ रन बनाउन सके उनले टी–२० क्रिकेटमा १० हजार रन बनाउनेछन्। यस्तो कीर्तिमान बनाउने उनी पहिलो भारतीय खेलाडी हुनेछन्।

उनीअघि टी–२० मा १० हजार रन बनाउने क्रिस गेल, किरोन पोलार्ड, शोहेब मलिक र डेबिड वार्नर छन्। त्यसैले उनी १० हजार रन बनाउने पहिलो इन्डियन खेलाडी हुनेछन्।

यो सिजन कोहली बैंगलोरलाई आईपीएल जिताउँदै कप्तानी छोड्न चाहन्छन्। कोभिडको महामारीअघि उनको टिमको प्रदर्शन निकै उत्कृष्ट थियो। जारी आईपीएलमा उसले सातमध्ये दुई खेलमा मात्र हार बेहोरेको छ। आजको खेल जितेमा उसले शीर्ष तीनमा समान १२ अंक बनाउने छ।

यता कोलकत्ता पनि अहिलेसम्म आईपीएलको उपाधि नजितेको बैंगलोरमाथि जितको लय कायम राख्न चाहन्छ। अहिलेसम्म यी दुई टिमबीच २७ खेल भएका छन्। त्यसमध्ये १४ जित कोलकत्ताको छ भने बाँकी खेलमा बैंगलोर विजयी भएको छ।

प्रकाशित: Sep 20, 2021| 14:19 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।