शनिबार, चैत ७, २०८२

१७ हजार ४७ पदमा विज्ञापन गर्दै शिक्षक सेवा आयोग

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले प्राथमिक तहमा १२ हजार ९ सय १२, निम्न माध्यमिक तहमा दुई हजार ५ सय ९३ र माध्यमिक तहका एक हजार ५ सय ४२ पदमा १७ हजार ४७ पद रिक्त रहेको विवरण आयोगलाई बुझाएको छ
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं– शिक्षक सेवा आयोगले तत्काल विभिन्न तहका गरी १७ हजार ४७ पदमा विज्ञापन गर्ने भएको छ। शिक्षा तथा मानवस्रोत विकास केन्द्रले प्राथमिक तहमा १२ हजार ९ सय १२, निम्न माध्यमिक तहमा दुई हजार ५ सय ९३ र माध्यमिक तहका एक हजार ५ सय ४२ पदमा १७ हजार ४७ पद रिक्त रहेको विवरण आयोगलाई बुझाएको छ। आयोगले अब सोही संख्यामा शिक्षकको विज्ञापन आह्वान गर्नेछ। यद्यपि विज्ञापन कहिले खुल्ने भन्ने टुंगो लागिसकेको छैन।

National life

केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षक दरबन्दीको विवरण अद्यावधिक गरी आयोगलाई पठाइएको जनाएको छ। यस्तै शिक्षक बढुवाका लागि पनि विवरण आयोगमा पठाइसकेको केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले जानकारी दिए।

उनका अनुसार प्राथमिक तह पहिलो श्रेणीका लागि ४ सय ५२  र प्राथमिक तह द्वितीय श्रेणीका लागि एक हजार ६ सय ९३ पदमा बढुवा गर्ने गरी सिफारिस गरिएको हो। 

निम्न माध्यमिक तह पहिलो श्रेणीमा ७८ र निम्न माध्यमिक तह द्वितीय श्रेणीमा ४ सय ७८ जनाको तथा माध्यमिक तह पहिलो श्रेणीमा १ सय २४ र माध्यमिक तह द्वितीय श्रेणीमा ४ सय ८४ जना शिक्षकको बढुवाका लागि सिफारिस गरिएको छ। यसअघि केन्द्रले शिक्षकहरुको स्थायी पदपूर्तिका लागि रिक्त दरबन्दीको विवरण पठाउन देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको थियो।

‘आयोगले नयाँ कार्यतालिका बनाएको भए पनि शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा ) र स्थायी शिक्षकको परीक्षामध्ये कुन पहिले गर्ने विषय नटुङ्गिएको हुनाले पनि नियमावली संशोधन नभएसम्म कार्यतालिका सार्वजनिक गर्न नमिलेको हो।’ 

आयोगले केन्द्रले पठाएको विवरणका आधारमा आन्तरिक तयारी पूरा गरेर मात्र विज्ञापन गर्ने जनाएको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले अहिले आयोग विज्ञापन खोल्ने विषयमा आन्तरिक गृहकार्य गरेको भए पनि आयोग नियमावली संशोधन नहुँदा आन्तरिक प्रतिस्पर्धा र बढुवाको काम अगाडि बढाउन नसकिने बताए। उनले भने, ‘आयोगले नयाँ कार्यतालिका बनाएको भए पनि शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा ) र स्थायी शिक्षकको परीक्षामध्ये कुन पहिले गर्ने विषय नटुङ्गिएको हुनाले पनि नियमावली संशोधन नभएसम्म कार्यतालिका सार्वजनिक गर्न नमिलेको हो।’ 

Laxmi sunrise bank
kumari

चैत मसान्तसम्मको शिक्षक रिक्त दरबन्दीको विवरण (प्रावि, निमावि र मावि) अनुसार शिक्षक सेवा आयोगमार्फत विज्ञापन प्रयोजनका लागि माग भएको भन्दै केन्द्रले सो विवरण अद्यावधिक गरी पठाउन भनेको थियो। केन्द्रले दिएको विवरणअनुसार आयोगले विज्ञापन गर्ने कानुनी प्रावधान छ।

प्रकाशित: Sep 20, 2021| 13:49 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्