सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • प्राविधिक कारणले रिपोर्ट होल्ड भएको भनिएका खेलाडीमा कोरोना पोजेटिभ

प्राविधिक कारणले रिपोर्ट होल्ड भएको भनिएका खेलाडीमा कोरोना पोजेटिभ

मंगलबार २३ खेलाडीसहित प्रशिक्षक र अफिसियल गरी २९ जनाको कोराना टेस्टमा २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– मंगलबार कोरोना टेस्ट गराएका राष्ट्रिय फुटबल टिमका एक जना खेलाडीमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ।

मंगलबार २३ खेलाडीसहित प्रशिक्षक र अफिसियल गरी २९ जनाको कोराना टेस्टमा २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो।

त्यसपछि नेपाल समयसँग कुरा गर्दै राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले प्राविधिक कारणले रिपोर्ट होल्ड भएको तर रिपोर्ट के आएको थाहा नभएको बताएका थिए।

तर त्यसलगत्तै गरिएको उनको दोस्रो टेस्टमा भने आज बिहीबार कोरोना पुष्टि भएको हो। मेडिकल गोपनियताका कारण खेलाडीको नाम भने खुलाइएको छैन। अब तेस्रो चरणको कोरोनाको परीक्षणको लागि एक प्राइभेट अस्पतालमा कोरोना परीक्षण गराइने स्रोतले बताएको छ।

यता, सोमबार टेस्ट गरेर बुधबार रिपोर्ट आएका सबै ११ खेलाडीको कोरोना रिपार्ट नेगेटिभ आएको थियो भने मंगलबार टेस्ट गरिएका २३ खेलाडीमध्येका एक जनामा रिपोर्ट पोजेटिभ आएका हो।

सोमबार टेस्ट गरेर नेगेटिभ आएका खेलाडी घर (काठमाडौं बाहिर) फर्किसकेका छन् भने मंगलबार गरिएको टेस्टमा काठमाडौं उपत्यकामै बसोबास गरिरहेका खेलडी थिए।

एसियाली फुटबल कन्फेडेरेसन(एएफसी)ले गत बुधबार विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट खेल स्थगित गरेपछि खेलाडीहरु घर फर्किका हुन्।

प्रकाशित: Aug 14, 2020| 16:02 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।