शनिबार, कात्तिक २९, २०८२

बेइजिङको सडकमा हजुरआमाहरूको क्याटवाक

बिहीबार बेङजिङको प्रख्यात व्यापारिक मार्ग सनलितुवानमा पराम्परागत क्यूपियाओ पोशाक लाएका ६० वर्ष माथिका चार मोडलले क्याटवाक गरेका हुन्।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– चार चर्चित प्रौढ उमेरका मोडलले सुन्दरताको उमेर हुँदैन भन्दै चीनको सडकमा क्याटवाक गरेका छन्।

National life

बिहीबार बेङजिङको प्रख्यात व्यापारिक मार्ग सनलितुवानमा पराम्परागत क्यूपियाओ पोशाक लाएका ६० वर्ष माथिका चार मोडलले क्याटवाक गरेका हुन्।

उनीहरूले क्याटवाकको समयमा मास्क खोलेका थिए। ६० वर्ष कटेका चार जना मोडल मिलेर ‘ग्लामा बेइजिङ’ समूह बनाएका छन्।

लिन उई, वाङ सिनचाओ, सन याङ र वाङ नियनविन मिलेर बनाएको समूह चीनमा निकै चर्चित छ। उनीहरूले छोटा भिडियो बनाएर ‘डुयोन’ मा अपलोड गर्छन्। 

Laxmi sunrise bank
kumari

डुयानमा यो समूहलाई १० लाखभन्दा बढीले फलो गरेका छन्। क्याटवाक गरिएको १५ सेकेन्डको भिडियो एकैदिनमा ५० मिलियन पटक हेरिएको रोयटर्सले जनाएको छ।

६४ वर्षीया लिन उईले उमेर र मृत्युसँग डराउँदा आफैंलाई नोक्सान हुने बताउँदै सकारात्मक सोच, फेशन र मेकअपले आफूलाई सधैं जवान राख्न सकिने बताइन्। उनले भनिन्– ‘समयसँगै अनुहार चाउरी पर्छ, शरीरको शक्ति सकिन्छ यो स्वभाविक हो। तर सुन्दर सोचले त्यसलाई केही समय थिच्न सकिन्छ।’

कोरोना महामारीले चीनमा लकडाउन हुँदा उनीहरूले घरभित्रै बनाएर आफ्नो जीवनशैलीका भिडियोहरू अपलोड गर्थे।

 

 

प्रकाशित: Aug 14, 2020| 13:02 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्