बिहीबार, वैशाख ३१, २०८३

‘सडक २’ फिल्मको ट्रेलरले बनायो ‘डिस्लाईक’ को रेकर्ड

भारतमा अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको घटनापछि ‘नेपोटिज्म’ को निकै बहस भइरहेको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं- भारतमा अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको घटनापछि ‘नेपोटिज्म’ को निकै बहस भइरहेको छ।

National life

यहीबीचमा अभिनेत्री आलिया भट्टको फिल्म ‘सडक २’ को ट्रेलर सार्वजनिक भयो। बुधबार सार्वजनिक भएको ट्रेलर यो समाचार तयार पार्दासम्म युट्युबमा २ करोड २५ लाख भन्दा बढीले हेरिसकेका छन्।

तर आश्चर्यको कुरा के छ भने यो ट्रेलरले अहिलेसम्मकै डिस्लाईकको रेकर्ड तोडेको छ। सामान्यतया यसरी डिस्लाईकको संख्या हुने भिडियोहरु कम हुन्छन्।

यो ट्रेलेरमा भने यो समाचार तयार पार्दासम्म ६४ लाख प्रयोगकर्ताले डिस्लाई गरेका छन् भने जम्मा साढे ३ लाख मानिसले लाइक गरेका छन्। डिस्लाईक गर्नेको संख्या झण्डै ९३ प्रतिशत छ।

यसरी रेकर्ड ब्रेक डिस्लाईक आउनुको कारण आलिया भट्टप्रतिको रिस हो।

हुन त यो फिल्ममा सञ्जय दत्त तथा आदित्य कपुर, पुजा तथा महेश भट्टकोसमेत अभिनय रहेको छ।

सुशान्तबारे आलियाले दिएको एउटा विवादित अभिव्यक्तिका कारण यो ट्रेलरले अहिलेसम्मकै सबैभन्दा निराशाजनक प्रतिक्रिया प्राप्त गरेको छ।

तर यो भिडियो भारत र नेपालमा ट्रेन्डिङ नम्बर १ मा परेको छ। डिस्लाईको अभियानले नै यो ट्रेलर ट्रेन्डिङको नम्बर १ मा पार्न सहयोग गरिरहेको छ।

 

प्रकाशित: Aug 13, 2020| 16:45 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्