शुक्रबार, फागुन २९, २०८२

भारतका पूर्व राष्ट्रपति मुखर्जी कोमामा

केही दिनअघि मस्तिस्कको शल्यक्रिया गरिएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी तीन दिनदेखि बेहोस अवस्थामा रहेको सञ्चारमाध्यमहरुले जनाएका छन्।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

एजेन्सी- केही दिनअघि मस्तिस्कको शल्यक्रिया गरिएका र काेराेना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी बेहोस अवस्थामा रहेको सञ्चारमाध्यमहरुले जनाएका छन्।

National life

भारतीय पत्रिका हिन्दूस्तान टाइम्सका अनुसार उनी तीन दिनदेखि कोमाको अवस्थामा छन् र स्वास्थ्य अवस्था स्थिर छ।

दिल्लीस्थित भारतीय सेनाको रिसर्च एन्ड रेफरल अस्पतालमा मंगलबार मुखर्जीको मस्तिस्कको शल्यक्रिया भएको थियो। घरमा लडेपछि उनको टाउकोमा चोट लागेर मस्तिस्कमा रगत जमेपछि शल्यक्रिया गर्नु परेको अस्पतालले जनाएको छ।

शल्यक्रिया गर्नुभन्दा अघि उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो।

हिजै सामाजिक सञ्जालहरुमा अचानक मुखर्जीको निधन भएको गलत समाचार भाइरल हुँदा मानिसहरु उनलाई श्रद्धाञ्जली दिइरहेका थिए। त्यसलगत्तै मुखर्जीकी छोरी शर्मिष्ठा र छोरा अभिजितले उक्त खबरको खण्डन गरेका थिए।

Laxmi sunrise bank
kumari

अभिजितले ट्विट गरेका छन्, ‘हाम्रा बुवा श्री प्रणब मुखर्जी अझै जीवित नै हुनुहुन्छ र हेमोषयनामिक रुपमा स्थिर हुनुहुन्छ। प्रतिष्ठित पत्रकारद्वारा सोशल मिडियामा प्रसारित भइरहेका अडकल र फर्जी खबरबाट मिडिया फेक न्युजको कारखाना बनेको स्पष्ट हुन्छ।’

शल्यक्रियाअघि मुखर्जी आफैंले ट्विट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए।

प्रणब मुखर्जीले जुलाई २०१२ मा भारतको १३ औं राष्ट्रपतिका रुपमा शपथ ग्रहण गरेका थिए। उनी २६ जनवरी २०१९ सम्म भारतको भारतको राष्ट्रपति थिए।

प्रकाशित: Aug 13, 2020| 13:08 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।