बिहीबार, भदौ ११, २०८३

ओली–दाहालबीच ९ दिनपछि भेट, जुट्ला त सहमति ?

सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नौ दिनपछि बिहीबार भेटवार्ता भएको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं– सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नौ दिनपछि बिहीबार भेटवार्ता भएको छ।

बिहान ११ बजेदेखि दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता सुरु भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। भेटवार्तामा अन्य नेता भने सहभागी छैनन्।

यसअघि १८ साउनदेखि २० गतेसम्म भएको भेटवार्तामा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसमेत सहभागी थिए।

साउन २१ गते बेलुका ५ बजेका लागि तय गरिएको भेटवार्ता स्थगित गरिएपछि दुई नेताबीच भेटवार्ता भएको थिएन।

दाहाल–नेपाल समूहले सो दिन केही पत्रकार बोलाएर भेला गरेपछि नेकपाभित्र देखिएको विवाद थप जटिल बनेको थियो।

नेताहरुले आफू निकटका नेताहरुसँग भने आन्तरिक परामर्श जारी राखेकै थिए।

संवाद नै रोकिएपछि नेकपाका दोस्रो तहका नेताहरुले भेटवार्ताका लागि सक्रियता देखाएका थिए।

यसबीच दुवै अध्यक्षबीचको छलफलको वातावरण बनाउन उनीहरु सक्रिय भएर लागेका थिए।

असार १० गत सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा असार १६ गते दाहाल–नेपाल समूहले ओलीको राजीनामा माग गरेपछि चर्किएको विवाद समाधान हुने कुनै संकेत देखिएको छैन।

पछिल्लो समय भएका छलफलमा दाहाल समूह विवाद समाधान स्थायी कमिटीको बैठकबाट गर्नुपर्ने अडानमा छ। ओली भने सचिवालयमार्फत नै विवाद समाधान गर्नुपर्ने पक्षमा छन्।

नेकपाभित्र देखिएको विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने माग पनि उठिरहेको छ। कुन कमिटीबाट विवाद समाधान गर्ने भन्नेमा नेताहरुबीच सहमति नजुट्दा संवाद रोकिएको थियो। 

केन्द्रीय समितिका १५२ सदस्यले बैठक बोलाउन माग राखेर दुवै अध्यक्षलाई हस्ताक्षरसमेत बुझाएका छन्।

केही दिनअघि पार्टी एकताका पक्षमा भन्दै नेकपाका ६१ जना सांसदले पनि हस्ताक्षर सार्वजनिक गरेर नेतृत्वलाई दबाब अभियान सुरु गरेका छन्।

अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग सार्दै आइरहेको छ। तर, ओलीले हरेक छलफल र भेटवार्ताका क्रममा आफूले कुनै पनि पदबाट राजीनामा नदिने अडान राख्दै आएका छन्।

साउन १३ का लागि बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकलौटी स्थगित गरेको भन्दै दाहाल–नेपाल समूह आक्रोशित बनेको थियो।
ओलीले स्थगित गरे पनि दाहालले अध्यक्षता गरेर बैठक बसेको थियो। तर, ओली पक्ष बैठक मान्न तयार छैन।

दुवै अध्यक्षको उक्त कदमपछि विवाद नयाँ मोडमा पुगेको हो।

बुधबार मात्रै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओलीले अबको ५ दिनभित्रमा पार्टी विवाद हल हुने बताएका थिए।

ओलीको उक्त भनाइ सार्वजनिक भएलगत्तै बिहीबार दुई अध्यक्षबीच भइरहेको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ।

नेताहरूले दुई अध्यक्षबीचको आजको भेटले पार्टी भित्र देखिएको विवाद समाधान हुने अपेक्षा गरेका छन्।

प्रकाशित: Aug 13, 2020| 12:02 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।