बिहीबार, भदौ ११, २०८३

कोरोनाकालमा सूचनाको महामारीले सयौंको मृत्यु

सूचनाको महामारी (इन्फोडेमिक) ले कोभिड–१९ को पीडा झन् बढाएको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

सूचनाको महामारी (इन्फोडेमिक) ले कोभिड–१९ को पीडा झन् बढाएको छ।

मानिसले सामाजिक सञ्जालमा भ्रमपूर्ण जानकारीसहित कोभिड– १९ लाई षड्यन्त्र भन्दै पोस्ट गरिरहेका छन्। यस्ता काल्पनिक जानकारीले सूचनाको महामारी फैलिएको एक अध्ययनले देखाएको छ।

अमेरिकन जर्नल अफ ट्रपिकल मेडिसिन एन्ड हाइजिनले गरेको अध्ययनअनुसार विश्वभरमा कोरोनासँग जोडिएका भ्रामक हल्लाका कारण मानिसले आँखाको ज्योतिदेखि ज्यानसम्म गुमाएका छन्।

कोरोना भाइरसबारे गलत जानकारीका कारण कम्तीमा पनि ८०० भन्दा बढी मानिस मारिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

कतिपय बिरामीलाई कलंक र षड्यन्त्र भनिरहँदा विश्वभरका लाखौं मानिसको पीडा झन् थपिएको छ।

अस्ट्रेलिया, जापान र थाइल्यान्ड जस्ता देशका अन्तर्राष्ट्रिय वैज्ञानिकको एक टोलीले डिसेम्बर २०१९ देखि अप्रिल २०२० सम्मका तथ्यांकको अध्ययन गरेको थियो।

अनुसन्धाकर्ताले फेसबुक, ट्विटर, अनलाइन न्युज र पत्रिकामा प्रकाशित सूचना र त्यसबाट सार्वजनिक स्वास्थ्यमा परेको प्रभावबारे अध्ययन गरेका थिए।

शरीरलाई निसंक्रमण गर्न अत्यन्तै कडा रक्सी खाँदा ८०० मानिसको ज्यान गएको अध्ययनले देखाएको छ।

मेथेनोल खाएका पाँच हजार ९०० मानिस अस्पतालमा भर्ना भएका छन्। यीमध्ये ६० जनाले दृष्टि गुमाएका छन्।

भारतमा संंक्रमण रोक्नका लागि सयौं मानिसले सामाजिक सञ्जालमार्फत फैलाएको गलत जानकारी कारण गहुँत र र गोबर खाए।
साउदी अरबमा उँटको पिसाबलाई चुनमा मिसाएर खाए।

अध्ययन प्रतिवेदनमा कोरोना संक्रमण रोक्न लसुन खाने, बाक्लो मोजा लगाउने, छातीमा हाँसको बोसो दल्ने जस्ता गलत कामसमेत गरिएको उल्लेख छ।

कसैले महामारीलाई जैविक हतियार भन्ने गरेको पनि अध्ययनमा उल्लेख छ।

अध्ययनमा ८७ देशका २५ भाषामा उपलब्ध तथ्यांक विश्लेषण गरिएको थियो। एसियाली देशमा स्वास्थ्यकर्मी र संक्रमितलाई लाञ्छना लगाउँदै कतिपय ठाउँमा आक्रमणसमेत भएको थियो।

प्रतिवेदनमा सरकार र अन्तर्राष्ट्रिय संगठनले भ्रामक समाचार र हल्ला रोक्न विशेष पहल गर्नुपर्ने भनिएको छ। सामाजिक सञ्जाललाई पनि महामारीबारे सही सूचना प्रसारण गर्न अपिल गरिएको छ।

प्रकाशित: Aug 13, 2020| 11:43 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।