बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १५ किलो नक्कली सुन प्रकरणमा मुछिएका इल्ताफ हुसेन अन्सारी पक्राउ

१५ किलो नक्कली सुन प्रकरणमा मुछिएका इल्ताफ हुसेन अन्सारी पक्राउ

काठमाडौंमा केही दिनअघि भेटिएको १५ किलो नक्कली सुन प्रकरणमा मुछिएका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन्।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं- काठमाडौंमा केही दिनअघि भेटिएको १५ किलो नक्कली सुन प्रकरणमा मुछिएका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, पर्साको विशेष टोलीले बाराको निगजगढबाट उनलाई प्रक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। नक्कली सुन प्रकरणमा संलग्न अन्य पक्राउ परे पनि उनी फरार थिए। जाली नोट कारोबारी अन्सारी लामो समयदेखि संलग्न रहँदै आएका व्यक्ति हुन्।

प्रहरी स्रोतले थप अनुसन्धान भइरहेको जनाएको छ।

१३ साउनमा काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको थियो। तर, पछि जाँच गर्दा त्यसमा आधा केजी सक्कली सुन र बाँकी चाँदीमा सुनको जलप लगाएको पुष्टि भएको थियो।

प्रकाशित: Aug 13, 2020| 10:06 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।