बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महेन्द्रनगरको मुख्य बजार क्षेत्रमा प्रेसर कुकर बम भेटियो

महेन्द्रनगरको मुख्य बजार क्षेत्रमा प्रेसर कुकर बम भेटियो

कञ्चनपुरको महेन्द्रनगर बजारको मुख्य क्षेत्रमा बुधबार राति बम भेटिएको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं- कञ्चनपुरको महेन्द्रनगर बजारको मुख्य क्षेत्रमा बुधबार राति बम भेटिएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार प्रेसर कुकर बम भेटिएको हो।

भीमदत्त नगरपालिका–४, मा रहेको सब्जीमन्डी नजिकै भेटिएको बम बिहीबार बिहानै नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।

बम भेटिएको स्थानमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद्, कञ्चनपुरको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अमरबहादुर थापाले जानकारी दिए। “बम राति २ बजेतिर राखेको अवस्थामा भेटिएको हो,” थापाले भने, “यस विषयमा थप अनुसन्धान भइरहेको छ।”

पर्चामा महेन्द्रनगर नगर विकास समितिको जमिनमा अवैधरूपमा निर्माण भइरहेका संरचनाको विरोध गरिएको छ।

लिजका नाममा करोडौं मूल्य पर्ने जमिन लिएर भौतिक संरचना निर्माण गरिएको विषयमा यसअघि प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले पनि विरोध जनाउँदै आइरहेको छ।

प्रकाशित: Aug 13, 2020| 09:55 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।