बिहीबार, भदौ ११, २०८३

राप्रपा एकीकरण : सुझाव प्रतिवेदन पेश गर्न समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न समिति गठन गरेको छ ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न समिति गठन गरेको छ ।

पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको बैठकले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेखित विषयहरुको कार्यान्वयन र थप व्याख्याका लागि सुझाव प्रतिवेदन पेश गर्न ६ सदस्यीय सुझाव समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सुझाव प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको सो समितिमा दीपक बोहोरा, बुद्धिमान तामाङ्ग, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना रहेका छन् । २०७६ साल फागुन २४ गते एकताको १० बुँदे आधारपत्रमा तीन अध्यक्षले हस्ताक्षर गरेका थिए ।

प्रकाशित: Aug 13, 2020| 06:17 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।